काठमाडौंमा पहिलो पटक स्क्रब टाइफस डरलाग्दो रोगको विरामी भेटियोः होसियार

काठमाडौंमा पहिलो पटक स्क्रब टाइफस डरलाग्दो रोगको विरामी भेटियोः होसियार

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • काठमाडौंमा पहिलो पटक स्क्रब टाइफस डरलाग्दो रोगको विरामी भेटियोः होसियार

    काठमाडौंमा पहिलो पटक स्क्रब टाइफस डरलाग्दो रोगको विरामी भेटियोः होसियार

    काठमाडौं, १३ चैत्र । राजधानी उपत्यकामा डरलाग्दो रोग स्क्रब टाइफस देखिएको छ । गर्मी लागेसँगै उपत्यकामा पहिलो पटक यो रोग देखिएको चिकित्सकले बताएका छन्।

    काठमाडौंको चोभारका एक जनालाई स्क्रब टाइफस भएको पुष्टि भएको सरुवा रोग विशेषज्ञ चिकित्सकहरुले बताएका छन् । डाक्टर शेरबहादुर पुनका अनुसार यो रोग काठमाडौंमा पहिलो पटक देखिएको हो ।

    नेपालमा भने यसअघि वीगन्जका एक विरामीमा देखिएको थियो । तर पुष्टि भने गर्न बाँकी हुँदै उनी घर फर्किएका थिए । संक्रमित माइटको टोकाइको कारण मानिसमा यो रोग लाग्ने गर्छ । कृषिजन्य काम गर्ने मानिस यो रोगको उच्च जोखिममा रहेको चिकित्सकको भनाइ छ ।

    उनीहरूका अनुसार घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडी हटाएर जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सिधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिन सक्छ ।

    खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पन्जा लगाउनुपर्छ। नेपालमा सन् २००४ देखि नै यो परजीवी रहेको अध्ययनले पुष्टि भइसकेको छ ।

    सम्बन्धित खवर