स्याङ्जा आँधीखोलाकाे किनारमा शव भेटियो, पहिचान खुल्न सकेन

स्याङ्जा आँधीखोलाकाे किनारमा शव भेटियो, पहिचान खुल्न सकेन

  • , 6K जनाले हेर्नुभयो
  • 6K
    SHARES

  • स्याङ्जा आँधीखोलाकाे किनारमा शव भेटियो, पहिचान खुल्न सकेन

    स्याङ्जा : गल्याङमा एक पुरुषको शव फेला परेको छ । गल्याङ् नगरपालिका–४ स्थित आँधीखोला किनारमा शुक्रबार साँझ एक पुरुष शव फेला परेको प्रहरीले जनाएको छ ।
    खोलाको किनारमा अन्दाजी ५०÷५५ वर्षका देखिने परिचल हालसम्म खुल्न नसकेको नसकेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

    शवको प्रकृति हेर्दा दुई÷तीन दिनअघिको जस्तो देखिने र शवलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी प्रवक्तासमेत रहेका अधिकारीले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । बाढी, पहिरो र भेलसहितको उर्लेको आँधीखोलाले बगाउदै ल्याएर खोला किनारमा शव हुत्ताएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    सम्बन्धित खवर