मासुको व्यापारमा सबै देशहरुलाई प्रतिबन्ध लगाउन अपील :डब्ल्यूएचओ

मासुको व्यापारमा सबै देशहरुलाई प्रतिबन्ध लगाउन अपील :डब्ल्यूएचओ

  • , 5.3K जनाले हेर्नुभयो
  • 5.3K
    SHARES

  • मासुको व्यापारमा सबै देशहरुलाई प्रतिबन्ध लगाउन अपील :डब्ल्यूएचओ

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपील गरेको छ ।
    डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।

    चीनको वुहान शहरस्थित जंगली जनावर र पंक्षीहरुको खरिदबिक्री हुने बजारबाट कोरोना भाइरस फैलिन सुरु गरेको थियो । संक्रमण बढ्दै गएर मानिसहरुको ज्यान जान थालेपछि डब्ल्यूएचओले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटलकाल घोषणा गरेको थियो ।

    डब्ल्यूएचओका प्रमुख टेड्रोसले भनेका छन्, ‘जीवित जनावरको बिक्री हुने बजारलाई फेरि तबमात्र खोल्न अनुमति दिनुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ ।’

    टेड्रोसले पशुपंक्षी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत भए पनि अधिकांश क्षेत्रमा स्वच्छताको अभाव रहेको बताएका छन् ।
    साथै डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि एक उपयुक्त उपायको खोजी गरिरहेको पनि बताएको छ ।

    यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएका छन् । अहिलेको अवस्थामा यो संख्या आँकलन गरिएको, तर यो संख्या केही परिवर्तन पनि हुनसक्ने उनको भनाइ छ ।साभार:लालीगुराँस 

    सम्बन्धित खवर