कोरोना सङ्क्रमण एकै दिनमा सोमवार ६२ थप , कुल सङ्क्रमित ३५७ पुग्यो

कोरोना सङ्क्रमण एकै दिनमा सोमवार ६२ थप , कुल सङ्क्रमित ३५७ पुग्यो

  • , 5.8K जनाले हेर्नुभयो
  • 5.8K
    SHARES

  • कोरोना सङ्क्रमण एकै दिनमा सोमवार ६२ थप , कुल सङ्क्रमित ३५७ पुग्यो

    नेपालमा सोमवार ६२ जनाको सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमित सङ्ख्या ३५७ पुगेको छ।

    बाँके जिल्लामा थप ४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको सोमवार दिउँसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    त्यसबाहेक विभिन्न स्थानमा पनि छ जनालाई पनि कोभिड-१९ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यसअघि आज नौ जनामा सङ्क्रमण पुष्टि भएको थियो।यो वृद्धिसँगै नेपालमा अहिलेसम्म कुल ३५७ जनामा कोभिड-१९ पुष्टि भएको छ। तीमध्ये दुई जनामा मृत्यु भइसकेपछि सङ्क्रमण पुष्टि भएको हो।

    डा. देवकोटाले बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलाको भेरी अस्पतालको प्रयोगशालामा, मोरङका एक जना पुरुषको विराटनगर प्रादेशिक प्रयोगशालामा, गुल्मीका एक पुरुष भैरहवाको प्रयोगशालामा र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका एक-एक जना पुरुषको सङ्क्रमण पुष्टि “उहाँहरू सबै जना १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका हुनुहुन्छ,” भएको बताए।

     

     

    सम्बन्धित खवर