फेरि नेपालमा क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु

फेरि नेपालमा क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु

  • , 7K जनाले हेर्नुभयो
  • 7K
    SHARES

  • फेरि नेपालमा क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु

    बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको छ ।

    उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गएराती तीन बजे वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएका उनको ६ बजेर ४० मिनेटमा मृत्यु भएको थियो ।

    हिजोमात्रै ती युवासहित २ सय ६३ जनाको स्वाव लिइएको थियो । त्यसको रिपोर्ट आइसकेको छैन । पछिल्ला दिनमा भारतबाट बाँके फर्किनेमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिका रहेका छन् । त्यहाँ ११ वटा क्वारेन्टाइनमा ६ सय २६ जना बसेका छन् ।

    भारतबाट आएका आठ जनामा यसअघि नै कोरोना देखिएपछि नरैनापुरमा सावधानी अपनाइएको छ । संक्रमितको सम्पर्कमा रहेका भनिएका करिव तीन सय मध्येमा २ सय ६३ जनाको शनिबार स्वाव लिइएको थियो । अझै ठूलो संख्या मानिसको स्वाव लिन बाँकी रहेको छ ।

    मृतक युवाको शव अहिले पनि क्वारेन्टाइनमै रहेको छ । नरैनापुरका स्वास्थ्य शाखाका प्रमुख खाँले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल गर्न नेपालगञ्ज आउदै गरेको जानकारी दिए ।साभार:saptarangipost.com

    सम्बन्धित खवर