बाग्लुङमा १४ जनामा कोरोना पुष्टि, गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताकाले बताए’

बाग्लुङमा १४ जनामा कोरोना पुष्टि, गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताकाले बताए’

  • , 14.5K जनाले हेर्नुभयो
  • 14.5K
    SHARES

  • बाग्लुङमा १४ जनामा कोरोना पुष्टि, गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताकाले बताए’

    गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताका अनुसार संक्रमित १४ जनाको समूह १७ दिनअघि वैशाख १३ गते बस चढ़ेर बाग्लुङबाट पोखरा हुँदै आएका थिए । बसमा ४२ जना आएका थिए ।

    संक्रमितहरू बाग्लुङमा काम गर्दै आएका मजदुर हुन् । ‘उनीहरू आएको खबर पाए लगत्तै मैले सबैलाई दायाँबायाँ हुने मौका दिइनँ, सबै जनालाई क्वारेन्टाइनमा राखेको थिए  प्रमुख गुप्ताले २ दिनअघि वैशाख २८ गते उहाँहरूको स्वाब संकलन गरिएको थियो ।’

    संक्रमितमध्ये १ जना भारतीय नागरिक रहेको, २ जना पर्सा जिल्लाकै धोबिनी गाउँपालिकाका र बाँकी ११ जना छिपहरमाई गाउँपालिकाका रहेका उनले बताए ।

    शुरूमै देखिएको थियो १ जनामा लक्षण 

    गाउँपालिका प्रमुख गुप्ताका अनुसार बाग्लुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै १ जनामा उच्च ज्वरो देखिएको थियो । ‘४२ जनामध्ये १ जनामा १०२ डिग्री ज्वरो थियो, मलाई त त्यतिबेलै शंका लागेको थियो,’ प्रमुख गुप्ताले भने, ‘त्यसपछि मैले सीडीओ सापलाई फोन गरेर सदरमुकामको आइसोलेसनमा राखेर उपचार गराउनुपर्छ भनेर पनि भनेको थिएँ । तर सीडीओ सापले पर्दैन, त्यहीँ क्वारेन्टाइनमै राख्नुस् भनेर भन्नुभएको थियो । मैले के गर्ने ? त्यतिबेला नै स्वाब संकलन गरेर परीक्षण गरेको भए आज १४ जनामा संक्रमण नहुन पनि सक्थ्यो ।साभार : लोकान्तर डटकमबाट

    सम्बन्धित खवर