कालिकोटमा चुलो छोएको भनि एक दलित महिला माथि कुटपिट | सबैले सेयर गरौँ

कालिकोटमा चुलो छोएको भनि एक दलित महिला माथि कुटपिट | सबैले सेयर गरौँ

  • , 7.1K जनाले हेर्नुभयो
  • 7.1K
    SHARES

  • कालिकोटमा चुलो छोएको भनि एक दलित महिला माथि कुटपिट | सबैले सेयर गरौँ

    कालिकोटमा चुलो छोएको नाउँमा एक दलित महिला माथि कुटपिट हुनुको साथै अमानवीय व्यवहार गर्दै जुत्ताको माला लगाएको छ ।

    कथित ठुलो जातको बिल्ला भिरेका भिजिल्यान्ते शोषकहरुले जातिको नाममा गरीब र सोझा दलितमाथि थिचोमिचो र अन्याय गर्दै आएको घटना धेरै भेटिन्छ । उनीहरूलाई कहिलै ज्ञान भएन मन्दिरको मुर्ति देखि भान्साको खाना पकाउने कसौंडी (भाडाकुडा) सम्म दलितले बनाउछ भनेर।

    सीप चल्छ,दलितका राम्री राम्री छोरी चल्छ,पसिना रगत बगाएर कमाएको पैसा हातमा थुक लगाउदै गन्ती गरेको पैसा चल्छ,मन्दिरमा माथी शिरमा गजुर,त्रिशुल, मन्दिर भित्र मुर्ती दलितले नै आरमा पलाम जलाएर बनाएर तातो पानीमा चोपेर बनाएको चल्छ । तर उसले छुन नहुने यो कस्तो विडम्बना ?
    यस प्रचलनको सरकारको कान सम्म पुगोस् भनि यो घटनाको समाजिक सञ्जाल फेेेेेसबुकमा विरोध भएको छ ।

    पंधेराबाट पानी भरी ल्याउने तामाको गाग्री दलितले नै बनाएको चल्छ तर दलितले छोएको पानी नचल्ने घटनाहरू पनि विरलै देख्न सकिन्छ ।
    वाहा ! कति रमाईलो छ है नेपाली समाज र ?
    सेक्स चल्ने , जवान चल्ने , सीप चल्ने,औजार चल्ने तर उसैले खाली शरीरले छोएको पानी नचल्ने ?

    पानी पानी नै रंग हुदैन । मैले सुने को थिए पानी को कुनै रंग हुदैन । जुन रंग मिसायो त्यही रंग हुन्छ । तर मान्छे मान्छे नै हो । मान्छेमा कुनै फरक हुदैन ।
    मानिसको शारीरिक अंग चाहे हस्पिटल ले पनि एक को अर्कोमा प्रत्यारोपण गर्न सक्छ। भौतिकवादले संसार जिति सक्यो । चन्द्रमा गएर मानिस बाँस बसि सक्यो ।

    हामी नेपाली एउटा सियो बनाउने उपाय छैन । भौतिवादको आँखामा तर जातिय छुवाछूत अनि जातिय विभेद कुरो गर्छौ । मेरो बुझाईमा हामी जब सम्म नेपाली जातिय मुद्दा बाट मुक्त हुन सक्दैनौं सु-शासन शान्ती अमन चयन र समृद्धी हुदैन ।

    एकता नै समाज रुपान्तरण हो देश समृद्धि हो । सबैलाई एक सोचौं कुनै जाति विभेद नगरौं सबैले सेयर गरौँ ।

    सम्बन्धित खवर