पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु

पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु

  • , 6.9K जनाले हेर्नुभयो
  • 6.9K
    SHARES

  • पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु

    पोखरा/

    पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु भएको छ । पोखराको हल्लनचोक स्थित डुंगाघाटबाट फेवातालमा शुक्रबार एक युवा मृत भेटिएको  स्थानियले खबर गरेसंगै प्रहरी र शसस्त्र प्रहरीले उनको उद्धारमा खटिए पनि सशस्त्र प्रहरी वलको रेस्क्यू टिमले उनलाई तालबाट डुबेको अबस्थमा भेटाएको थियो ।

    अन्दाजी करिब २५/ ३० वर्षका किरण भनिने युवकको मृत्यु भएको प्रहरीले जानकारी गराएको हो । मानसिक सन्तुलन बिग्रेका युवक लेकसाइड सेन्टर पोइन्टबाट ओजन गल्ली हूँदै कपडा खोल्दै आएको स्थानियले देखेका थिए । त्यसपछि हलनचोक तल फुटट्रयाकबाट फेवातालमा हाम फालेका युवकलाई सशस्त्रले उद्धार गर्दा उनको मृत्यु भएको जानकारीमा आएको छ । युवकको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएका छन।

    सम्बन्धित खवर