धरानमा एक युवाले झुण्डिएर आत्महत्या गरे

धरानमा एक युवाले झुण्डिएर आत्महत्या गरे

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • धरानमा एक युवाले झुण्डिएर आत्महत्या गरे

    धरान (२०७७-०१-२४) – धरान वडा नं ११ स्थित सुनौलो मार्गमा फुपुकोमा बस्दै आएका एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्ने १८ बर्षीय सुदिप राईले रहेको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा पुगेको वडा नं ११ का सदस्य किरण राईका अनुसार आज विहान करीब साढे ९ बजेको समयमा झुण्डिएको अवस्थामा सुदिपलाई छिमेकीले पाएको बताए । कोठाको २ वटै ढोका भित्रबाट थुनेर डोरीले पंखामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा सुदिपको शव फेला परेको थियो । विहान सुदिपको फुपु कल्पना राई दाउरा काट्न जंगल गएको बेला झुण्डिएको पाइएको राईले बताए ।

    प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टको लागी शव पठाई घटनास्थलमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । आत्महत्याको कारण भने खुलनसकेको छैन। डिएसपी न्यौपानेले बताए।source:RADIODHARAN.com

    सम्बन्धित खवर