छोरालाई सधैं कुट्थिन सरला, तातो आइरनले नै डामेपछि विद्यालयले गुहार्‍यो प्रहरी

छोरालाई सधैं कुट्थिन सरला, तातो आइरनले नै डामेपछि विद्यालयले गुहार्‍यो प्रहरी

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • छोरालाई सधैं कुट्थिन सरला, तातो आइरनले नै डामेपछि विद्यालयले गुहार्‍यो प्रहरी

    गरमा युकेजीमा अध्ययनरत एक बालक सधैँजसो विद्यालय ढिला गरी आउँथे । मंगलवार पनि उनी विद्यालय आइपुग्न ढिलै भयो । विद्यालयकी शिक्षिकाले उनीसँग ढिला आउनुको कारण सोधिन् । त्यसपछि जब ती बालकले आफ्नो शरीरको आलो घाउ देखाए, तब शिक्षिकाको होस उँड्यो । ती बालकको शरीरभरी तातो आइरनले डामेको निसान थियो ।

    खासमा उनलाई यसरी यातना दिने अरु कोही नभएर उनकी आमा सरला काफ्ले थिइन् ।

    आमाबाट उनले यातना पाएको यो पहिलोपटक थिएन, त्यसअघि उनले यातना पाउने गरेका थिए । विद्यालयले ती आमालाई छोरा नकुट्न पटक-पटक आग्रह पनि गर्‍यो, तर उनले कहिल्यै मानिनन् ।

    पटक-पटकको आग्रहलाई बेवास्ता गर्दै छोरालाई यातना दिन नछाडेपछि विद्यालय विराटनगर- ३ की सरला काफ्लेविरुद्ध प्रहरी प्रशासन गुहार्ने निष्कर्षमा पुग्यो ।

    तातो आइरनले पोलेको घाउ बच्चाले देखाएपछि आफूहरू सहन नसकेर बच्चाका बाबु र प्रहरी प्रशासनलाई खबर गरेको विद्यालयका प्रिन्सिपल अमिस रेग्मीले बताए ।

    छिमेकीले बच्चा नकुट्न आग्रह गरेपनि उनले झनै बढी यातना दिन थालेकी थिइन् ।

    श्रीमान/श्रीमतीबीच आपसी झगडाको रिस उनले छोरामाथि पोख्ने गरेको छिमेकी सीता अर्याल बताउँछिन् । उनका श्रीमा विक्रम काफ्ले काठमाडौंमा बस्छन् ।

    बुढा भएका बाबुआमालाई पनि श्रीमतीले यातना दिएपछि उनले काठमाडौंमा आफूसँगै राखेका छन् । ‘बुढा भएका बाबुआमालाई सरलाले यातना दिएपछि काठमाडौं लगेँ, छोरोसँगै थियो, यस्तो भएछ,’ उनले भने ।

    आमाबुबालाई यातना दिने, झै-झगडा गर्ने गरेका कारण आफूहरू छुट्टै बस्न थालेको र सम्बन्धविच्छेदका लागि मुद्दासमेत हालेको उनले बताए । अदालतमा १८ गते तारिख रहेको बताउँदै उनले त्यतिञ्जेल बच्चा आफूसँगै राख्ने अनुमति दिन प्रहरीलाई अनुरोधसमेत गरे ।

    उनको आग्रह स्वीकार्दै प्रहरीले ती बालकलाई बाबुको जिम्मा लगाएको छ । आमा सरलालाई भने हिरासतमा राखिएको छ ।

    lokaantar

    सम्बन्धित खवर