मध्यराति ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी यो आगलागी पछिल्लो १६ वर्षको अवधिमा पाँचौ पटकको घटना हो

मध्यराति ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी यो आगलागी पछिल्लो १६ वर्षको अवधिमा पाँचौ पटकको घटना हो

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • मध्यराति ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी यो आगलागी पछिल्लो १६ वर्षको अवधिमा पाँचौ पटकको घटना हो

    ताप्लेजुङ, बैशाख २० गते । । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राती करिव साँढे १० बजेतिर अचानक आगलागी सुरु भएको थियो ।ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ५ मा रहेको भण्डारी खाजाघरको किचनबाट सुरु भएको सो आगलागीबाट अहिलेसम्म आठ वटा घर जलेर पूर्णरुपमा ध्वस्त भएको छ । तीमध्ये ५ वटा काठको घर पूर्ण रुपमा जलेको र २ वटा पक्की घर जलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो नियन्त्रण भन्दा बाहिर रहेको बताईएको छ । यो आगलागी पछिल्लो १६ वर्षको अवधिमा पाँचौ पटकको घटना हो ।
    शुक्रबार राती १० बजेबाट शुरु भएको आगलागी करिव अढाइ घण्टापछि फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । आठ घर आगलागीले नष्ट हुँदा पसल व्यवसाय सञ्चालन गर्दै आएका समेत करिव ३३ परिवार विस्थापित भएका प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यद्यपि यथार्थ विवरण भने आउन बाँकी नै रहेको समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभएको छ ।
    प्रारम्भिक जानकारीअनुसार टेकबहादुर लेछर्बो, बिष्णु केसी, अमृत कार्की, खेम केसी, नेत्र कार्की लगायतको घर ध्वस्त भएको छ । आगलागी भण्डारी खाजाघरको किचनबाट सुरु भएको स्थानीयले बताए पनि कुन घर र के कारणले आगलागी भएको हो भन्ने यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिनुभयो । खड्काले लगत सङ्कलनको कार्य धमाधम भइरहेको बताउनुभयो ।
    यसअघि चन्द्र २०६० चैत १५ गते फुङ्लिङको मुख्यबजार वीरेन्द्रचौकमा भएको आगलागीमा ४५ घर जल्दा ५१ करोड क्षति भएको थियो । त्यस्तै २०६९ साल माघ २६ शेर्पाटोलमा आठघर जल्दा दुई करोड ५० लाख, २०७० साल कात्तिक १८ गते टुक्रेबजारमा आगलागी हुँदा पाँच घर जलेको र एक करोड ५० लाख तथा २०७१ चैत ९ गते तोक्मेबजार क्षेत्रमा भएको आगलागीमा ४४ घर जल्दा ३० करोड रुपियाँ बढी मूल्य बराबरको क्षति भएको थियो ।

    सम्बन्धित खवर