कक्षा ११ र १२ को परीक्षा आज निर्णय गरेको छ।अनिश्चित समयका लागि स्थगित [सूचनासहित]

कक्षा ११ र १२ को परीक्षा आज निर्णय गरेको छ।अनिश्चित समयका लागि स्थगित [सूचनासहित]

  • , 10.3K जनाले हेर्नुभयो
  • 10.3K
    SHARES

  • कक्षा ११ र १२ को  परीक्षा आज निर्णय गरेको छ।अनिश्चित समयका लागि स्थगित   [सूचनासहित]

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । परीक्षा बोर्डले आज सो निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो । यसअघि प्रवेशिका (एसईई) परीक्षा स्थगित भइसकेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गर्नुपरेको जानकारी दिए । “अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको छ” उनले भने “अवस्था सामान्य भइसकेपछि नयाँ सूचना सार्वजनिक हुनेछ ।”

    कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सारिएको हो । यसअघि कक्षा १२ को परीक्षा आउँदो १५ गतेदेखि २६ गतेसम्म तथा कक्षा ११ को आउँदो २९ देखि जेठ ८ गतेसम्म गर्ने निर्णय गरेकोमा लकडाउनको अवस्था हेरेर हेरफेर हुनेछ । यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ ।

    सामाजिक सञ्जालमा मिति नै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुलिकन परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीको लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गनुभएको छ ।

    डब्लुएचओको स्थापना दिवस : विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्थापना दिवसका अवसरमा आज सन्देश दिँदै कोरोना भाइरसका कारण उत्पन्न वर्तमान संवेदनशील परिस्थितिमा विश्वसनीय सूचना सम्प्रेषणका लागि आग्रह गर्नुभएको छ ।
    मन्त्री ढकालले आम सञ्चार क्षेत्रको भूमिका विशेष र महत्वपूर्ण रहने भएकाले कोभिड—१९ सम्बन्धी जानकारी, खोजमूलक, वस्तुपरक र वास्तविक सूचनाको प्रभावकारी र विश्वसनीय सम्प्रेषणले मात्र समाजमा सकारात्मक योगदान पु¥याउने उल्लेख गर्दै यस कार्यका लागि सम्पूर्ण सञ्चारकर्मीबाट रचनात्मक भूमिकाको अपेक्षा व्यक्त गर्नुभयो ।
    मन्त्री ढकालको सन्देशको पूर्ण विवरण

    “आज भन्दा ठिक ७२ वर्ष अगाडि दोस्रो विश्वयु’द्धले थिलथिलो भएको विश्वको स्वास्थ्य स्थितिलाई सुधार गर्दै स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्ने ध्येयले स्थापित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्थापना दिवसको यस अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । कोभिड–१९ महामा’रीको यस परिस्थितिमा “नर्स र मिडवाईफहरुलाई सहयोग गरौं” भन्ने नाराका साथ मनाउन लागिएको “विश्व स्वास्थ्य दिवश २०२०” ले नर्स, मिडवाईफ लगायत सम्पूर्ण चिकित्साकर्मीहरुको महत्वलाई अझ बढवा दिएको छ । मानव जातिकै अस्तित्वमाथि धावा बोलिरहेको यो महामा’री विरुद्धको ल’डा’इँको अग्रमोर्चामा रहेर सम्पूर्ण स्वास्थ्यकर्मीहरुले अदम्य सहास र उत्साहका साथ मानव स्वास्थय रक्षाका खाति गरिरहनु भएको अमूल्य योगदानप्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु ।

     

    सरकारको तर्फबाट चिकित्साकर्मीलाई सुरक्षा सामाग्री बिना काम गर्ने परिस्थितिको सिर्जना हुन दिदैनौँ । कोभिड–१९ को बेला सरकारी, निजी वा गैरसरकारी सबै क्षेत्रमा कार्यरत चिकित्साकर्मी, चिकित्सामा संलग्न सबैलाई सत प्रतिशतसम्म अतिरिक्त भत्ता उपलब्ध गराउने र २५ लाखसम्मको बीमाको व्यवस्था गर्ने निर्णय नेपाल सरकारले गरिसकेको छ । त्यसैगरी देशभरी छरिएर रहनुभएका ५२ हजार भन्दा बढी महिला स्वास्थ्य स्वयं सेविका दिदी–बहिनीहरु, जसले नेपालको स्वास्थ्यस्थिति सुधार्न अत्यन्त ठूलो योगदान दिनुभएको छ उहाँहरुलाई कोभिड–१९ सम्बन्धी चेतना अभिवृद्धि गर्ने अभियानमा संलग्न हुन नेपाल सरकार हार्दिक आह्वान गर्दछ । यस अभियानमा संलग्न महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई थप १ हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय समेत नेपाल सरकारले गरिसकेको छ ।यस विषम परिस्थितिमा कोभिड—१९ रोग फैलिन नदिन लकडाउनको विकल्प छैन । विभिन्न देशबाट स्वदेश फर्किनु भएका आम दाजुभाइ तथा दिदीबहिनीहरुले सरकारले निर्धारण गरेको क्वारेन्टाइनमा बसी गर्नुभएको सहयोगको लागि हार्दिक धन्यवाद दिँदै आगामी दिनमा समेत यहाँहरुको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ । क्वारेनटाइनमा रहनुभएका सम्पूर्ण व्यक्तिहरुले जाँच गराइ कोभिड–१९ संक्रमण नभएको निश्चित गरेर मात्र आफ्नो घर जानु हुनेछ । यस्तो संवेदनशील परिस्थितिमा आम सञ्चार क्षेत्रको भूमिका विशेष र महत्वपूर्ण रहने भएकाले कोभिड—१९ सम्बन्धी जानकारी, खोजमूलक, वस्तुपरक र वास्तविक सूचनाको प्रभावकारी र विश्वसनीय सम्प्रेषणले मात्र समाजमा सकारात्मक योगदान पु¥याउने छ । यस कार्यका लागि सम्पूर्ण सञ्चारकर्मी मित्रहरुबाट रचनात्मक भूमिकाको अपेक्षा गर्दछु ।

     

    हाल नेपाल कोभिड–१९संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । अझै थप संक्रमण हुन नदिन आम जनसमुदाय, तीनै तहका सरकार र सम्बद्ध सम्पूर्ण सरोकारवालाहरुलाई थकाई नमारिकन निरन्तर खट्न, जुट्न र एकताबद्ध प्रयास गर्न हार्दिक अपिल गर्दछु । कथमकदाचीत कोभिड–१९ को महामा”री फैलिएर बिरामी हुने स्थिति र अस्पतालमा उपचार गर्नुपर्ने स्थितिको सिर्जना भए बिरामीको उपचारका लागि काठमाडौं उपत्यका भित्र ५ वटा र उपत्यका बाहिर १३ वटा गरी १८ वटा कोभिड–१९ विशेष अस्पताल तयार गरिएको छ । त्यहाँ कार्यरत चिकित्साकर्मीहरुले उच्च मनोबलका साथ उपचार तथा स्वास्थ्य सेवा दिने प्रबन्ध मिलाइएको छ ।त्यस्तो बेलामा कार्यरत चिकित्साकर्मीहरुलाई उचित बसोबासको प्रबन्ध गरिएको छ । बिरामीको उपचारमा कुनै कमी हुन नदिन सरकारी तथा नीजि क्षेत्रका सम्पूर्ण अस्पताल, चिकित्सक, नर्स, मिडवाईफ लगायत स्वास्थ्यकर्मीहरु अहोरात्र खटिरहनु भएकोमा पुनः आभार व्यक्त गर्दछु । विश्व स्वास्थ्य दिवश २०२० को उपलक्ष्यका नर्स र मिडवाईफहरुलाई मात्रै होइन सम्पूर्ण चिकित्साकर्मीहरुलाई समेत सबैले सहयोग गरौं ।

    सम्बन्धित खवर