इन्डोनेसियामा।
माछा उफ्रेर घाँटीमा टाँसिएपछि इन्डोनेसियामा एक युवक गम्भीर घाइते भएका छन् ।
युवकलाई बचाउँन शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।
दक्षिण पूर्व सुलावेसी प्रान्तस्थित समुद्रमा माछा मार्ने क्रममा मुहम्मद इदुल नामका १६ वर्षीय युवकको घाँटीमा निडल फिस अर्थात सुई माछा समुद्रबाट उफ्रिएर टाँसिएको हो ।
युवक बुबाआमासँग माछा मारिरहेका थिए । युवकको घाँटीमा माछा टाँसिएपछि घाँटीबाट माछा हटाउन जोखिमपूर्ण शल्यक्रिया गर्न अस्पताल लगिएको छ।२ घण्टाको शल्यक्रियापछि चिकित्सकहरू उनको घाँटीबाट माछा निकाल्न सफल भएका छन् ।
सामाजिक सञ्जालमा भाइरल बनेका तस्बिरहरूमा माछाले मुहम्मदको घाँटीमा दाहिने भागबाट छेडेको देखाइएको छ ।
sources:rajmarga.com