पोखराको पृथ्वीचोकमा टिप्परको ठक्करबाट एक पैदलयात्री घाइते भएकी छिन् ।
पोखरा महानगरपालिका -९ चाइनापुलमा (सोमबार) बिहान ६ बजे भएको घटनामा तनहुँ शुक्लागण्डकी नगरपालिका-३ कपासे बस्ने मायादेवी रिमाल घाइते भएकी हुन् । घाइतेको गण्डकी मेडिकल हस्पिटलमा उपचार भइरहेको र उनको अवस्था स्थीर रहेको प्रहरीले जनाएको छ ।