मलाई त आफन्तले नै ठगे

मलाई त आफन्तले नै ठगे

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • मलाई त आफन्तले नै ठगे

    सरकारले हिजोआज युवालाई देशमै रोजगारीको अवसर दिने भनेर खुबै भाषण गरेको सुन्छु । चुनावमा भोट हालियो । नेताले जिते । तर खै हाम्रो जित हुने दिन कहिले आएन ।

    म एक वर्षअघि कतारबाट फर्किएको हुँ । गाउँघरका चिनेजाने सबैलाई कामको लागि भने काम मिलेन । नेपालमै केही गर्छु भन्दा हामीलाई कुनै अवसर मिल्दैन । अनि दिनको १५ सय युवा विदेश जान्छन् भनेर गन्ती गरेर मात्र हुन्छ र ?

    यही केही मिलेको भए म ठगिने थिइन कि । मलाई त आफन्तले नै ठगे । युएईमा राम्रो काम छ भनेर सुनाए । काम नपाएर बिरक्तिएको बेलामा विदेशमा राम्रो काम छ भनेपछि पासपोर्ट दिएँ । पछि म्यानपावरले भिसा आयो पैसा दिनुस् भन्यो ।

    ३० हजार रुपैयाँ ऋण खोजेर बुझाएँ । तर नक्कली भिसा रहेछ । दलाल मेरो पैसा खाएर भाग्यो । बल्लबल्ल १५ हजार बैंकमा हालिदियो तर १५ हजार रुपैयाँ र पासपोर्ट भने दिएकै छैन । कसको मनमा को पस्न सक्ने र । पीडितलाई झनै पीडित बनाए ।

    उता कतारमा पनि उस्तै दुःख भयो । काम पनि नआउने, भाषा पनि नबुझिने । दुई वर्ष कतारमा बस्दा निकै दुःख भोग्नु प¥यो । लेवरको काममा गएको । त्योमाथि त्यहाँको गर्मी । बाहिर काम गर्नुपथ्र्यो । खान बस्न आफैंले खर्च गर्नु पर्ने । कमाएको पैसा त धेरै त्यतै खर्च हुन्थ्यो । महिनाको त्यस्तै पाँच सय रियालजस्तो बच्थ्यो ।

    चारलाख रुपैयाँ जति त कमाएँ । घरमा बुवाआमालाई अलिअलि दिएँ । दाइ र विदेशमा बस्ने भएकाले दुई भाइले मिलेर पठाउँदा चारकोठे घर बन्थ्यो । बचेको कमाइ त्यही नै हो । साथमा लिएर आएको पैसाले बाइक किनें ।

    विदेशबाट आएपछि गाउँमा सबैले बाइक किन्ने । मैले पनि रहर लागेर किनेको तर अहिले यहाँ जागिर नपाउँदा चाहिँ पैसा किन जोगाएन छु भनेर पछुतो लागिरहेको छ । मलाई बाइक सम्बन्धी काम गर्न आउँछ । तर खै त्यही काम पनि पाइएन यहाँ त ।

    अहिले २३ वर्षको भएँ । फेरि विदेश जान्छु भनेर आँट्दा पनि दलालले ठगिहाले । अब एकपटक राम्रो कममा जान मन छ । जुन देश भएपनि फरक पर्दैन । तर काम राम्रो हुनुपर्‍यो । अब जाँदा कमाएर जोगाउँछु । अनि फर्किएर केही व्यवसाय गर्ने सोंच बनाएको छु ।

    बिक्रम दफालीसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

    सम्बन्धित खवर