प्रदेश ७ : अत्तरियाबासीलाई नसाेचेकाे खुसीकाे खबर अायाे, अब अत्तरियामा बन्ने भयाे..

प्रदेश ७ : अत्तरियाबासीलाई नसाेचेकाे खुसीकाे खबर अायाे, अब अत्तरियामा बन्ने भयाे..

  • , 2.5K जनाले हेर्नुभयो
  • 2.5K
    SHARES

  • प्रदेश ७ : अत्तरियाबासीलाई नसाेचेकाे खुसीकाे खबर अायाे, अब अत्तरियामा बन्ने भयाे..

    चैत्र १३ , अत्तरिया । अत्तरियामा  करिब ७७ लाखको लागतमा चालु आर्थिक बर्षबाट नै अन्तराष्टिय मापदण्डको रंगशाला निर्माणको कार्य शुरु हुने भएको छ ।

    गोदावरी नगरपालिकाले  बडा नं २ मा रहेको  दुर्गालक्ष्मी बहुमुखी क्याम्पस नजिक दुर्गालक्ष्मी महिला सामुदायिक बनको खाली जग्गामा रङगशाला बनाउने प्रकृया अगाढी बढाएको हो  ।

    रंगशाला क्रमागत बजेट मा समाबेश गरी  दुई चरणमा निर्माण हुने गोदावरी नगरपालिकाका प्रशासकिय अधिकृत मोहोन प्रसाद मरासैनीले जानकारी दिए । उनले  रंगशालाको पर्खाल लगाएत अन्य  कामका लागी चालु आर्थिक बर्षको  बजेट अन्तर्गत करिब ३५ लाखको बोलपत्र आव्हान गरेको छ।

    बाकि काम भने  आउदो आर्थिक बर्षको बजेटमा समाबेश गरिने उनको भनाई रहेको छ । उनले  रंगशाला  निर्माणको काम नगरपालिकाको कार्यालय आफैले  ठेक्का प्रकिृयामा अगाडी बढाउने बताए ।

    यस अघि अत्तरियामा एउटा ब्यबस्थित रंगशाला नहुदा खेलकुद सम्बन्धि क्रियकलापहरु संञ्चालन गर्न निकै सास्ति खेपिरहेका खेलाडी तथा आयोजकहरुलाई अब भने सहज हुने भएको छ ।

    यस क्षेत्रमा रहेका खेलाडी , खेलप्रेमी  लगाएत बिभिन्न संघ संस्थाहरुले अत्तरियामा रंगशाला निर्माण गरिनुपर्ने भन्दै पटक पटक आवाज उठाउदै आएका  थिए । स्थानिय निर्वाचन देखी लिएर प्रदेश र केन्द्रको निर्वाचनका समयमा  राजनितिक दलहरुले रंगशाला निर्माण गर्ने भन्दै प्रतिबद्धता जनाएका थिए ।

    ढिलै भएपनि  गोदावरी नगरपालिकाले अत्तरियामा  रंगशाला निर्माण प्रक्रियालाई अगाढी बढाएको छ । अत्तरियामा एउटा खुल्ला रंगशाला नहुदा यस क्षेत्र आयोजना हुने बिभिन्न खाले कार्यक्रम , खेलहरु र यस क्षेत्रका खेलाडीलाई खेलकुदको अभ्यास गर्नका निकै समस्या हुने गरेको छ ।

    अत्तरियामा रंगशाला नभएकै कारण राष्ट्रिय देखी लिएर अन्तराष्ट्रिय स्तरका खेलाडीहरुलाई समाबेश गराई खेलकुदका कार्य्रकमहरु संञ्चालन गर्न निकै समस्याहुने गरेको यस क्षेत्रमा रहेका बिभिन्न क्लवहरुले बताएका छन् ।

    रङगशाला निर्माणकै लागी केही समय अगाढी आयोजना गरिएको एक आम भेलाले स्थानिय युबा प्रेम अबस्थीको सयोजकत्वमा रङशाला निर्माण समिती समेत गठन गरेको थियो ।

    समितीले नगरपालिकाको सहयोगमा सिमाङकन गरेको थियो र केही खेलकुद कार्यक्रमहरु पनि आयोजना गरिएका थिए । समितीका संयोजक अबस्थीले रङशाला निर्माण हुनु राम्रो कुरा भएपनि नगरपालिकाले सरोकारवाला सबै सँग सहकार्य गरेर अगाढी बढनु पर्ने बताए ।

    अत्तरियामा लामो समयदेखी खेलमैदान निर्माणका लागी निरन्तर खटिरहेका युवा खेलाडी तथा यस क्षेत्रमा रहेका युवा क्लबहरुको सहयोग र समन्वयमा  रंगशाला निर्माण हुँदा राम्रो हुने उनको भनाई रहेको छ ।-गाेदावरी एफएम

    सम्बन्धित खवर