किमकी ‘स्टाइलिस’ पत्नीले चोरिन् चिनियाँ जनको मन

किमकी ‘स्टाइलिस’ पत्नीले चोरिन् चिनियाँ जनको मन

  • , 2.1K जनाले हेर्नुभयो
  • 2.1K
    SHARES

  • किमकी ‘स्टाइलिस’ पत्नीले चोरिन् चिनियाँ जनको मन

    केही महिनाअघिसम्म हाइड्रोजन बमका कारण संसारमा आणविक युद्धको त्रास फैल्याएको उत्तर कोरिया केही महिनायता भने कूटनीति र सफ्ट पावरमार्फत् छिमेकीहरुको मन जितिरहेको छ।

     फेब्रुअरीमा हिउँदे ओलम्पिक उद्घाटन समारोहमा दक्षिण कोरिया पुगेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले विश्वको ध्यान आफूतिर तानेकी थिइन्।

    किम जोङ उन यसैसाता ‘सरप्राइज’ भ्रमणमा बेइजिङ पुगे। सत्तामा आएपछि पहिलो विदेश भ्रमण भए पनि यो भ्रमणका क्रममा किमकी पत्नी री सोल जुले चिनियाँहरुको मन चोर्न सफल भएकी छन्।

    आफ्नो ‘स्टाइलिस’ स्वरुपका कारण री चिनियाँ इन्टरनेट प्रयोकर्तामाझ तत्कालै प्रख्यात बनेकी छन्।

    री, किम, सी र पेङ

    बेइजिङको दुई दिने बसाइमा री कम से कम तीन अलगअलग पहिरनमा देखिइन्। यसअघि कूटनीतिक स्थलमा उनको उपस्थिति न्युन रहँदै आएको थियो।

    हङकङका एक फेसन डिजाइनर ताङ ताट चीले किमपत्नीको शैली भव्य भए पनि रुढीवादी नभएको बताए। रीको शैली केही पुरानो भए पनि उत्तर कोरियामा यो स्वभाविक भएको ताङले साउथ चाइना मर्निङ पोस्टलाई बताएका छन्।

    चिनियाँ इन्टरनेट प्रयोगकर्ताले पनि रीको प्रशंसा गरेका छन्। उनीहरुले रीको शैलीको तुलना चिनियाँ प्रथम महिला पेङ ल्युआनको शैलीसँग गरेका छन्।

    ‘री सोल जु साँच्चै नै सुन्दर र सौहर्द्र छिन्। ‘फर्स्ट लेडी डिप्लोमेसी’ मा किमकी बहिनीले भन्दा उनी अब्बल हुनेछिन्,’ एक वोइबो प्रयोगकर्ताले लेखेका थिए।

     

    दक्षिण कोरियाली अभिनेत्री सङ हे कुओ

    अर्का प्रयोगकर्ताले चिनियाँ प्रथम महिला पेङको पहिरन बढी फेसनेबल भए पनि री बढी राम्री देखिएको टिप्पणी गरेका छन्।

    अन्य केहीले रीको सुन्दरतालाई चीनमा प्रसिद्ध दक्षिण कोरियाली अभिनेत्री सङ हे कुओसँग तुलना गरेका छन्।

    सन् २०१२ मा किमले रीसँग विवाहको घोषणा गरेका थिए। उनी अहिले २८ वर्ष पुगेको बताइन्छ। उनीहरुको तीन सन्तान रहेको विश्वास गरिन्छ। विवाहअघि उनी गायिकाको रुपमा चर्चित थिइन्।

    स्वागत समारोहमा रीले क्यामेल क्रप्ड ज्याकेट र सोही रङको मिडि स्कर्ट लगाएकी थिइन्। उनले एक आकर्षक नेकलेस, मसिना झुम्का लगाएकी उनको कपाल पछाडि छोडिएको थियो।

    सो समारोहमा पेङले सेतोमा कालो बुट्टा भएको पहिरन लगाएकी थिइन्।

    चाइनिज एकेडेमी अफ साइन्स भ्रमणका क्रममा भने रीले सेतो ज्याकेटसहितको हरियो पहिरन लगाएकी थिइन्। लञ्चमा उनी आइभरी रङको पोशाकमा देखिएकी थिइन्।

    तर चिनियाँ सेन्सरले सामाजिक सञ्जालमा चलेको यो छलफल रुचाएन। तिनलाई तत्कालै हटाइयो। बुधबार दिउँसोसम्म पनि वेइबोमा ‘री सोल जु’ सर्च रिजल्ट ब्लक गरिएको छ।

    सम्बन्धित खवर