नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको डान्स (भिडियोसहित)

नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको डान्स (भिडियोसहित)

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको डान्स (भिडियोसहित)

    पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । हिमानी शाहले पनि नाचेको मुद्रामा हात माथि गराउँछिन् र नाइट क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् ।

    हेर्नुहोस् भिडियो

    एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ ।

    नाइट क्लबमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मुद्रामा देखिन्छन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मालगायतले तस्वीर खिचाएका छन् ।

    कमल थापाले गरे प्रशंसा

    पूर्वराजा परिवारका सदस्यसहित नाइट क्लब पुगेको विषयमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । कतिपयले राजाको प्रशंसा गरेका छन् भने केहीले सस्तो भएको टिप्पणी गरेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नाइट क्लब पुगेका ज्ञानेन्द्रको भिडियो सेयर गर्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतीक- राजसंस्था ।

    https://www.facebook.com/LOD.LordOfTheDrinks/videos/2659592027467411/

    सम्बन्धित खवर