विद्यार्थीको लागि खुशीको खबर: ‘विज्ञान विषय’ पढ्नुहोस् मासिक ‘एक हजार’ पाउनुहोस्

विद्यार्थीको लागि खुशीको खबर: ‘विज्ञान विषय’ पढ्नुहोस् मासिक ‘एक हजार’ पाउनुहोस्

  • , 7.1K जनाले हेर्नुभयो
  • 7.1K
    SHARES

  • विद्यार्थीको लागि खुशीको खबर: ‘विज्ञान विषय’ पढ्नुहोस् मासिक ‘एक हजार’ पाउनुहोस्

    कक्षा ११ मा विज्ञान विषयमा अध्यन गने सबै छात्राहरुलाई प्रदेश ५ सरकारले मासिक एक हजारको दरले छात्रवृत्ति दिने बताएको छ। सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार विज्ञान विषयमा छात्राहरुको आकर्षण बढाउने उद्देश्यले छात्राहरुलाई हरेक महिना एक हजार नगद छात्रवृत्ति दिन ४ करोड बजेट छुट्याइएको बताएका छन्।
    मुक्त कमैया, कमलरी, मुस्लिम र दलित समुदायका छात्राले छात्रवृत्ति पाउनुका साथै अनमी र अहेब अध्ययनका लागि पनि मुस्लिम तथा अल्पसंख्यक समुदायका ४० जना छात्रालाई छात्रवृत्ति प्रदान गर्न बजेट व्यवस्था गरिएको छ ।
    प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा नमूना विद्यालय निर्माण गरी,आवश्यकता अनुसार नमूना विद्यालयमा भौतिक पुर्वाधार निर्माण तथा एक जना नर्स र खेलकुद प्रशिक्षकको व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ । अघिल्लो वर्ष शिक्षा क्षेत्रको विकास कार्यक्रमहरुका लागि ५५ करोड बजेट छुट्याइएको प्रदेश ५ सरकारले यस पटक ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    यि हुन डिभोर्सका कारण चर्चामा आएका नेपाली सेलिब्रेटीहरू

    काठमाडौँ असार, १६ । धेरै जसो नेपाली मिडियामा बलिउड/हलिउडमा हुने डिभोर्सका बारेमा धेरै चर्चा हुने गर्दछ । तर पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढे सँगै नेपाली सेलिब्रेटिहरूको डिभोर्सले पनि निकै चर्चा पाउन थालेको छ । उनीहरूको रिल लाइफमा जस्तो सुकै भूमिकामा देखिएपनी रियल लाइफमा जो कोही आफ्नो सम्बन्धबाट टाढिन चाहिरहेको हुँदैन । तर भने जस्तो कसको पो हुन्छ । पछिल्लो समय नेपाली स्रेलिब्रेटीको पनि विवाह भएको केही समयमै डिभोर्सका खबरहरू सुन्नमा आएका हुन्छन् । तर तर, केही जोडी भने उदाहरणीय पनि बनेका छन् । आउनुहोस् हेरौँ डिभोर्सका कारण चर्चामा रहेका केही नेपाली सेलिब्रेटीहरू का बारेमा ।

    प्रियंका कार्की र रोचक मैनालीः उनको पुर्वपतिको नाम रोचक मैनाली हो । प्रियंकासँगको डिभोर्सपछि रोचक पुनः वैवाहिक बन्धनमा बाधिसकेका छन् भने प्रियंका कार्की आयुष्मानसँग विवाह गर्ने तयारीमा रहेकी छिन् ।

    रिमा विश्वकर्मा र रोवर्टः यो जोडीले पनि विवाह गरेको दुई वर्षमा नै डिभोर्स गरेका थिए । पहिलो वर्षसम्म राम्रो सम्बन्ध रहेता पनि त्यसपछि सम्बन्ध बिग्रिएपछि उनीहरुले डिभोर्स गरेका थिए ।

    छवि ओझा र रेखा थापाः यो जोडीको डिभोर्सको चर्चा लामो समयसम्म चल्यो । आज पनि रेखा र छविको सम्बन्धबारे उत्तिकै चर्चा चल्छ । तर, यो जोडीको वैवाहिक जीवन भने सुखद हुन सकेन । अन्ततः यो जोडीले पनि डिभोर्स गरे । छवि र सिल्पा पोखरेलको विवाहको हल्ला लामो समयदेखि चलिराखेको छ

    भुवन के सी र सुस्मिता के सी बम्जनः नेपाली फिल्म जगतका चर्चित अभिनेता हुन् भुवन के सी । उनले सुस्मितासँग विवाह गरेका थिए । तर, लभ म्यारिज गरेको यो जोडीको सम्बन्ध पनि लामो समय टिक्न सकेन । अन्तत यो जोडीले पनि अल्लगिएर बस्ने निर्णय लियो । यी दुईको सन्तान अनमोल के सी पछिल्लो समय नेपाली फिल्मका महँगा अभिनेता हुन् । भुवन जियासँग लिभिङ टुगेदरमा रहेको बताइन्छ ।

    आकाश शाह र सञ्जिता लुइटेलः नेपाली फिल्ममा कुनै समय व्यस्त रहेकी अभिनेत्री हुन् सञ्जिता लुइटेल । फिल्म करिअर सुरुवातसँगै उनले आकाश शाहसँग विवाह गरिन् तर, उनको विवाह लामो समय टिक्न सकेन । अन्ततः उनले आकाशलाई डिभोर्स दिदै अभिनेता निखिल उप्रेतीसँग विवाह गरिन् ।मनिषा कोइराला र सम्राट दाहालः विवाह भएको ६ महिनामै यो जोडीको डिभोर्स भएको थियो । पछि एक मिडियासँग कुरा गर्ने क्रममा उनले आफु वैवाहिक जीवनका लागि फिट नभएको बताएकी थिइन् ।

    सम्बन्धित खवर