सिनामंगलमा बिहानै दुर्घटना, १६ घाइते

सिनामंगलमा बिहानै दुर्घटना, १६ घाइते

  • , 6.8K जनाले हेर्नुभयो
  • 6.8K
    SHARES

  • सिनामंगलमा बिहानै दुर्घटना, १६ घाइते

    काठमाडौं, १७ असार । काठमाडौंको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि दुई वटा माइक्रोबस एक आपसमा दुर्घटना भएका छन ।

    दुर्घटनामा परेर दुई वटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।

    मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    घाइते हुनेहरूमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागेर गम्भीर घाइते भएका छन् ।

    माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको छ । घाइतेहरूको काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ ।

    सम्बन्धित खवर