पशुपतिमा पूर्वडीआईजीले गरे हवल्दारलाई दुर्व्यवहार

पशुपतिमा पूर्वडीआईजीले गरे हवल्दारलाई दुर्व्यवहार

  • , 5.8K जनाले हेर्नुभयो
  • 5.8K
    SHARES

  • पशुपतिमा पूर्वडीआईजीले गरे हवल्दारलाई दुर्व्यवहार

    १६ असार, काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) विजयराज भट्टले ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका छन् ।

    सोमबार बिहान पशुपति मन्दिरमा दर्शनका लागि गएका बेला सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी हवल्दार शालिकराज सुवेदीमाथि उनले दुर्व्यवहार गरेका हुन् ।

    स्रोतका अनुसार दशनार्थीको लाइन मिलाउने क्रममा सुवेदीलाई भट्टले गालीगलौज गर्दै कुटेका थिए । उनले लाइनमा बस्न अनुरोध गरेपछि भट्टले विवाद झिकेको सशस्त्र प्रहरी बल, हल्चोक स्रोतले जनाएको छ ।

    कुटपिटपछि भट्ट त्यहाँबाट फर्किएका थिए भने सुवेदीले माथिल्लो निकायमा खबर गरेका थिए ।

    गौशाला वृत्तका प्रमुख प्रदीपकुमार सिंहले सामान्य विवादमात्र भएको दाबी गरे । ‘सामान्य विवाद मात्र भएको हो’, उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘म अहिले पशुपतिमै छु ।’

    प्रहरीका एक अधिकृतले भने सुवेदी सिभिलमा खटिएका बेला प्रहरी भनेर नचिन्दा धकेलाधकेल भएको बताए ।

    सम्बन्धित खवर