एसइई पास भएपछि उत्साहित करिश्मा भन्छिन्- बधाईको फोनले मोबाइल तातिसक्यो

एसइई पास भएपछि उत्साहित करिश्मा भन्छिन्- बधाईको फोनले मोबाइल तातिसक्यो

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • एसइई पास भएपछि उत्साहित करिश्मा भन्छिन्- बधाईको फोनले मोबाइल तातिसक्यो

    काठमाडौं- अभिनेत्री करिष्मा मानन्धरले यस वर्ष एसइई दिएकी थिइन्। बिहीबार एसइईको नतिजा सार्वजनिक हुने समाचार आइरहँदा उनका मनमा अनेकथरी भावहरु आइरहेका थिए। सँगै आफन्त र शुभचिन्तकका फोन आइरहेको थिए, ‘आज त रिजल्ट आउने रे नि !

    बिहीबार दिउसो नतिजा सार्वजनिक भएपछि करिष्मा मिश्रित मनोभावका साथ आफ्नो नतिजा हेर्न पुगिन्। नतिजा अपेक्षित थियो। अर्थात् बी प्लस।

    पढ्ने उमेरमा करियर बनाउनतर्फ लागेपछि औपचारिक शिक्षा बीचमै रोकिएकी करिष्मालाई यो नतिजाले उत्साहित बनाएको छ।

    नतिजापछि नेपाल लाइभसँग कुराकानी गर्ने क्रममा उनले त्यो उत्साह प्रकट गरिन्। भनिन्, ‘निकै खुशी छु । बधाइका फोन निरन्तर आइरहेका छन्।’

    जीवनमा पहिलोपल्ट लगातार फोन बजिरहेको अनुभव गरिरहेकी उनी मोबाइल तात्तिएर एकपल्ट अफ गर्नुसमेत परेको बताउँछिन्।

    उनले नेपाललाइभसँग भावना साटिन्, ‘आज पहिलोपल्ट महसुस गरें, घरीघरी फोन आउँदा कस्तो हुँदो रहेछ!’

    कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा पढेकी हुन् करिष्माले।

    एसइई परीक्षा पनि सोही स्कुलबाट दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो।

    सम्बन्धित खवर