महिलाहरुका लागि केटाले जस्तै पिसाब फेर्न मिल्ने आयो “गो गर्ल” ! कसरी प्रयोग गर्ने (हेर्नुहोस् भिडियो)

महिलाहरुका लागि केटाले जस्तै पिसाब फेर्न मिल्ने आयो “गो गर्ल” ! कसरी प्रयोग गर्ने (हेर्नुहोस् भिडियो)

  • , 6.1K जनाले हेर्नुभयो
  • 6.1K
    SHARES

  • महिलाहरुका लागि केटाले जस्तै पिसाब फेर्न मिल्ने आयो “गो गर्ल” ! कसरी प्रयोग गर्ने (हेर्नुहोस् भिडियो)

    महिलाहरुका लागि सार्वजनिक शौचालयको प्रयोग साँच्चीकै कष्टकर हुन्छ । सार्वजनिक शौचालय फोहोर हुने हुनाले बसेर पिसाब फेर्नुपर्ने महिलाका लागि संक्रमण तथा जिउमा फोहोर लाग्ने जोखिम हुन्छ । त्यसैले धेरै महिलाहरु सार्वज्निक शौचालयमा पिसाब नगरी पिसाब रोकेरै बस्न जाती मान्छन् । महिलाहरुको यो समस्यालाई ध्यानमा राख्दै अष्ट्रेलियाको ग्रिन पार्टीले महिलाहरुलाई उठेर पिसाब फेर्ने तालीम दिँदैछ ।

    समाचार अनुसार एउटा विशेष खालको सामानको सहयोगले महिलाहरुले उठेरै पिसाब फेर्न सक्दछन् । सोही विशेष किट कसरी प्रयोग गर्ने भन्ने तालीम ग्रिन पार्टीले दिइरहेको छ ।
    यो सामान नली आकारको हुन्छ । जसलाई महिलाहरुले आफ्नो मुत्रांगमा राखेर पिसाब फेर्न सक्दछन् । यसरी फेरेको पिसाब उक्त नली हुँदै ट्वाइलेट सम्म पुग्दछ । प्रयोग गरिसकेपछि यो नलीलाई फ्याँक्न सकिन्छ । यो नलीको प्रयोगपछि महिलाहरुलाई फोहोर शौचालयमा पिसाब गर्नका लागि समेत बस्नुपर्ने बाध्यता हुनेछैन ।

    विज्ञहरुका अनुसार लामो समयसम्म पिसाब रोक्नुपर्ने बाध्यताका कारण विश्वका करोडौँ महिलाहरु मूत्रनलीको संक्रमणबाट ग्रसित हुने गर्दछन् । यदि महिलालाई उठेरै पिसाब गर्न मिल्ने उक्त नलीलाई कम मूल्यमा उपलब्ध गराउन सकियो र यसको प्रयोग व्यापक बनाइयो भने महिलाहरुमा युटीआइको समस्या निकै कम हुने बताइएको छ ।

    सम्बन्धित खवर