जथाभावी चलाएको भारतीय गाडीको ठक्करबाट घाईतेहरुको विवरण यस्तो छ

जथाभावी चलाएको भारतीय गाडीको ठक्करबाट घाईतेहरुको विवरण यस्तो छ

  • , 11.6K जनाले हेर्नुभयो
  • 11.6K
    SHARES

  • जथाभावी चलाएको भारतीय गाडीको ठक्करबाट घाईतेहरुको विवरण यस्तो छ

    पोखरा महानगरपालिका वडा नं ६ हल्लनचोक स्थित HR09L0009 नंबर को भारतीय नम्बर प्लेट भएको गाडीले ग १५ प ८६२६,ग ७ प १३४७, ग१६प ९९५९,ग१३प १५२८ नं का मोटरसाईकल साथै १ वटा गाईलाई र ग१ज २७८६ नं.को ट्याक्सिलाई लगातार ठक्कर दिएको छ ।

    चालकले मदिरा खाएर गाडी चलाउँदा यस्तो दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ग १६ प ९९५९ नंको मोटरसाईकल चालक पोखरा २४ कास्कीकोट बस्ने ३३ वर्षीय ईश्वर नेपाली , सोही मोटरसाईकलको पछाडी सवार पोखरा १८ भकुण्डे बस्ने ८३ वर्षका पदम बहादुर गुरुङ, पैदल यात्रा गरिरहेका पोखरा २७ गगनगौंडा बस्ने ५२ वर्षीय मुलुल ढकाल रहेका छन् ।

    घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ । गाडी र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।

    सम्बन्धित खवर