चट्याङ लागेर शुक्रबार कमकवानपुरमा एकजनाको ज्यान गएको छ।

चट्याङ लागेर शुक्रबार कमकवानपुरमा एकजनाको ज्यान गएको छ।

  • , 6.5K जनाले हेर्नुभयो
  • 6.5K
    SHARES

  • चट्याङ लागेर शुक्रबार कमकवानपुरमा एकजनाको ज्यान गएको छ।

    हेटौंडा : चट्याङ लागेर शुक्रबार कमकवानपुरमा एकजनाको ज्यान गएको छ। एकजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। भारतबाट आएको शक्तिशाली चक्रवात ‘फानी’ को प्रभाव नेपालमा देखिएको छ।

    चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका- ५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए।घरभित्रै बसिरहेकी सिंहबहादुर पाख्रिनकी श्रीमती फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

    पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका ३ स्थित लामिटारमा बाख्रा चराउँदै गर्दा स्थानीय बृन्दा मोक्तान घाइते भएकी छिन् ।५२ वर्षीय मोक्तान जंगलमा बाख्रा चराउँदै गर्दा चट्याङ लागेर बेहोस भएको मकवानपुर प्रहरी प्रमुख सिंहले बताए। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

    जनजीवन प्रभावित
    हावाहुरी, मेघ गर्जन र चट्याङले जनजीवन प्रभावित गरेको छ। हेटौंडासहित आसपासको क्षेत्रमा शुक्रबार बिहान करिब सवा दश बजेदेखि १५ मिनेट आएको हावाहुरीले हेटौंडामा ठूलो क्षति नगरेपनि सवारी आवागनमा भने केही समय अवरोध गरेको मकवानपुर प्रहरीले जनाएको छ।

    सम्बन्धित खवर