एक महिलालाई दाइजो नल्याएको भन्दै घाँटी थिचेर श्रीमान दुवारा श्रीमती हत्या

एक महिलालाई दाइजो नल्याएको भन्दै घाँटी थिचेर श्रीमान दुवारा श्रीमती हत्या

  • , 5.8K जनाले हेर्नुभयो
  • 5.8K
    SHARES

  • एक महिलालाई दाइजो नल्याएको भन्दै घाँटी थिचेर श्रीमान दुवारा श्रीमती हत्या

    महेश सिंह महतो ,सिरहा लहान ,२० बैशाख । सिरहा नगरपालिका–१४ खिरौनामा बिहीबार राति लगभग साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् । गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् । सिरहामा दाइजो नल्याएको निहुमा आफ्नै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन । केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै मनिषालाई विभिन्न समयमा चरम यातना दिएको मनिषाको बाबु रघुनाथ मण्डलले बताएको छ । मनिषाको हत्या भएपछि प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कर्यालय सिरहाका प्रबक्ता माधब राज कडेलले जानकारी दिनु भयो ।

    सम्बन्धित खवर