भिडियो बनाएर १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

भिडियो बनाएर १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

  • , 6.4K जनाले हेर्नुभयो
  • 6.4K
    SHARES

  • भिडियो बनाएर १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

    बाँके । बाँकेमा १५ वर्षीया किशोरीमाथि सामूहिक सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बैजनाथ गाउँपालिकाको देउराली सामुदायिक वनमा १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा १८ वर्षीय विरु वली र २६ वर्षीय रामजी रोकायलाई पक्राउ गरिएको हो । पीडित किशोरीको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएके छ । इलाका प्रहरी कार्यालय, कोहलपुरकाअनुसार उनी भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

    यो घटना गएको बुधबार दिउँसो २ बजेतिर हो । घरमा एक्लै रहेकी किशोरीलाई तानेर जंगलमा लगिएको थियो । जंगलमा लगेपछि शुरुमा विरुले बलात्कार गरे । अलिकति टाढा बसेका रामजीले मोबाइलमा भिडियो बनाए । विरुले बलात्कार गरिसकेपछि रामजी घटनास्थलमा पुगे । किशोरीलाई ‘यौनकाण्ड’को भिडियो बनाएकाले आफूलाई पनि यौन सम्पर्क गर्न नदिए बाहिर ल्याइदिने धम्की दिए । त्यसपछि रामजीले बलात्कार गरे ।

    इलाका प्रहरी कार्यालय, कोहलपुरले दुवैलाई पक्राउ गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइसकिएको छ । दुवैलाई म्याद थप गरिएको छ । प्रहरीले रामजीको मोबाइल जाँच गर्दा भिडियो थिएन । उसले खाली धम्की दिएको आशंका गरिएको छ भने ‘डिलिट गरेको पनि हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

    सम्बन्धित खवर