पोखरामा बम डिस्पोज गर्दै गर्दा नेपाली सेनाका नायक घाइते

पोखरामा बम डिस्पोज गर्दै गर्दा नेपाली सेनाका नायक घाइते

  • , 7.1K जनाले हेर्नुभयो
  • 7.1K
    SHARES

  • पोखरामा बम डिस्पोज गर्दै गर्दा नेपाली सेनाका नायक घाइते

    पोखराको नदीपुर स्थित प्रदेशसभा भवन गट अगाडी सडकमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा एक नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका छन् ।
    डिस्पोज गर्ने तयारी गर्दै गर्दा नेपाली सेना कै बारुद पड्किदा थापा घाइते भएका हुन् । उनको हातका औलाहरु चुडिएका छन् ।
    नदी पुरमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो । त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलीका सदस्य कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत थापा घाइते भएका हुन् ।
    उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । उनको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित खवर