अपरिचित व्यक्तिको गोली प्रहारबाट पारसको हत्या

अपरिचित व्यक्तिको गोली प्रहारबाट पारसको हत्या

  • , 8.2K जनाले हेर्नुभयो
  • 8.2K
    SHARES

  • अपरिचित व्यक्तिको गोली प्रहारबाट पारसको हत्या

    कपिलवस्तु । गएराति (आइतबार) अपरिचित व्यक्तिको गोली प्रहारबाट पारस पुरीको हत्या भएको छ । कृष्णनगर नगरपालिका-१० विद्यानगरमा स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए ।छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा चेकजाँच कडा बनाई घटनामा संलग्न रहेकाको तीव्ररुपमा खोजी भइरहेको प्रहरी उपरीक्षक पुडासैनीले बताए । हत्या गरिएका पुरी वैदेशिक रोजगारीमा युवालाई विदेश पठाउने काम गर्दै आएका थिए ।काठमाडौं । खानेपानी

    मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले मगरको विदेश भ्रमण अस्वीकृत गरेको हो । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो । मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो ।आइतबार साँझ आएको हावा–हुरीले प्रभावित बारा र पर्साको स्थलगत अध्ययनका लागि ४ जना मन्त्री जान लागेका छन् । गृहमन्त्री, स्वास्थ्यमन्त्री, शहरी विकास मन्त्री र भौतिक पूर्वाधार मन्त्री जान लागेका हुन् ।मन्त्रीहरुको टोलीमा ८ जना चिकित्सक पनि हुने छन् । घाइतेहरुको उपचारमा औषधि र रगत अभाव भएपछि चिकित्सको टोली औषधिसहित घटनास्थलतर्फ जान लागेको हो ।काठमाडौंबाट झापा हुँदै मन्त्रीसहित चिकित्सकको टोली बारा जाने छ । आइतबार झापा गएका प्रधानमन्त्री ओलीलाई लिएर गृहमन्त्री सहितको टोली बारा जाने

    सम्बन्धित खवर