मोरङको २६ वर्षीया रमिला राईको शव हत्या भएको २६ दिनपछि सप्तकोसी नदीमा भेटियो

मोरङको २६ वर्षीया रमिला राईको शव हत्या भएको २६ दिनपछि सप्तकोसी नदीमा भेटियो

  • , 6.5K जनाले हेर्नुभयो
  • 6.5K
    SHARES

  • मोरङको  २६ वर्षीया रमिला राईको शव हत्या भएको २६ दिनपछि सप्तकोसी नदीमा भेटियो

    विराटनगर । मोरङको बेलबारी-४ की २६ वर्षीया रमिला राईको शव हत्या भएको २६ दिनपछि सप्तकोसी नदीमा भेटिएको छ। नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङले हत्य गरी कोसी ब्यारेजमा फालेकाे रमिलाकाे शव बुधबार भेटिएकाे हाे ।

    फागुन १८ गतेदेखि हराइरहेको रमिलाको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह नजिकै भेटिएको प्रहरीले बताएकाे छ ।

    बोरा भित्र हातखुट्टा बाँधेर फालिएको अवस्थामा रमिलाकाे शव फेला परेको छ । रमिलाको टाउकोमा चोट लागेको छ । उनको शरिरमा एउटा स्लाक्स् मात्र लगाएको अवस्थामा फेला परेको छ । बोरामा एउटा खैरो रंगको कोट, तन्ना र रमिलाको जामा फेला परेको छ ।

    एक छोरीकी आमा समेत रहेकी रमिला पछिल्लो समयमा योगेन्द्र गुरुङको प्रेमिका रहेकी थिईन् । एक्कासी रमिला वेपत्ता भएपछि उनकै प्रेमी भनिएका योगेन्द्र गुरुङले गरेको स्वीकारेका थिए ।बाहिर मापसे गरेर गुरुङको घरमा पुगेपछि झगडा भएको र सोही क्रममा राईको हत्या गरेको बयानबाट खुलेको छ।

    याेगेन्द्रले बयानको क्रममा रमिलाको हत्या गरि कोशी व्यारेजमा फालेको प्रहरीलाई दिएपछि त्यहाँ खोजी गर्नेक्रममा रमिलाको शव फेला परेको हो ।

    रमिला फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको हो । रमिला बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खवर गरेका थिए।

    तत्कालीन नेकपा एमालेका पूर्व बेलबारी अध्यक्ष गुरुङ रमिलासँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । गुरुङकी श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन्।-न्यूज२४

    सम्बन्धित खवर