बेलायती नागरिककाे अवस्था आजबाट झन गम्भीर ( हेर्नुस् पुरा भिडियो )

बेलायती नागरिककाे अवस्था आजबाट झन गम्भीर ( हेर्नुस् पुरा भिडियो )

  • , 7.4K जनाले हेर्नुभयो
  • 7.4K
    SHARES

  • बेलायती नागरिककाे अवस्था आजबाट झन गम्भीर  ( हेर्नुस् पुरा भिडियो )

    यो पनि पढ्नु होस
    केही दिन यता काठमाडौंको बिर अस्पतालमा उपचारार्थ रहेका एक जना विदेशी नागरिकको समाचार र भिडियोले तरंग पैदा गरेको छ । नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् । उनको नाम फिलिप्स हो । उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई हेपाटाइटिस सी र डाइबेटिस रोग छ । त्यसको लागी अस्पताल आफैले खर्च बेहोर्न नसकेको र बेलायती एम्बेसीले पनि बेवास्ता गरेको कारण उनको यो हालत भएको हो ।
    उनका लागि सहयोग आएको र उनका लागि सहयोगी धेरै आएको भन्दै समाचार आएका थिए । तर लाइट नेपालको टोली उनको उपचार भइरहेको स्थानमा जाँदा एक जना क्रिस्टिना मात्र सहयोगमा जुटेको भेटिएको थियो । विर अस्पतालमा उनको उपचार सम्भव नहुने तर विर अस्पतालमा आइसियु समेत उपलब्ध नभएपछि लाइट नेपालका सितलभेट बस्यालको सहयोगमा उनलाई आइसियु सहितको उपचारका लागि काठमाडौं मेडिकल कलेजमा पुर्याइएको छ । सितलको सकृयतामा प्रहरीसंगको सहयोगमा बेलायती नागरिकलाई काठमाडौं मेडिकल कलेज लगिएको हो । सितल चिकित्सक सहितको टोलीसंग उनलाई एम्बुलेन्समा राखेर केएमसी अस्पताल पुर्याएका छन् ।

    सम्बन्धित खवर