२०७५ साल चैत्र १४ गते विहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

२०७५ साल चैत्र १४ गते विहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

  • , 6.3K जनाले हेर्नुभयो
  • 6.3K
    SHARES

  • २०७५ साल चैत्र १४ गते विहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

     

    मेष– दिनको पूर्वान्ह समय बढि प्रतिकुल छ,नयाँ काममा हात नहाल्नु होला दुख पाईनेछ । घरयासी समस्या बढ्ने छन् । मानसिक चिन्ता बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । अपरान्ह काल थोरै अनुकुल होला ।

    वृषः– यात्राको सम्भावना देखिन्छ । नयाँ काम हात लाग्न सक्ने कुुरालाई नकार्न सकिन्न । व्यापारमा उन्नति प्रगति हुनेछ । तर अपरान्हबाट समयले त्यति साथ दिने छैन । काम गर्ने जोश जागर घट्नेछ ।
    मिथुन

    मिथुनः– मुद्धा,मामिलामा विजय हात लाग्नेछ । काम गर्दा गोपनियता अप्नाउनु बढि उचित हुनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउने छ । आफन्तबाट नै शत्रुवत व्यवहार हुन सक्छ ।
    कर्कट

    कर्कटः– समयमा निर्णय लिन सकिएन भने आफ्नो काममा अरुले अधिकार जमाउने छन् सर्तक भई काम गर्नु होला । आर्थिक तनाव कायम रहने देखिन्छ । विश्वासमा काम नगर्नु होला ।
    सिंह

    सिंहः– घरयासी बातावरण खलबलिन सक्छ । सम्पतिको विषयलाई लिएर विवाद नपर्ला भन्न सकिन्न । स्वास्थ्यमा समस्या आउन सक्छ । चिन्ता बढ्नेछ । काम गरेर अपयश मात्रै मिल्ला ।
    कन्या

    कन्याः– कुनै काम गर्नु छ पूर्वान्हमा गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । अपरान्ह पछि समय खराव हुनेछ । बन्न लागेका काम पनि विग्रिने छन् । पारिवारिक समस्या बढ्ने छन् ।
    तुला

    तुलाः– समय सुधारोन्मुख छ । रोकिएका काम पनि आफ्नै पहलमा अगाडि बढ्ने छन् । आर्थिक क्षेत्रमा सुधार आउनेछ । आफन्तको सहयोग मिल्नेछ । काम गर्दा प्रतिष्ठाको पनि ख्याल राख्नु होला ।
    बृश्चिक

    वृश्चिकः– अधिकाँश समय अनुकुल नै देखिन्छ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । धार्मिक विश्वास बढ्ने छ । आफुमा भएको उर्जाको सदुपयोग गर्नु होला । कारोवारमा ध्यान दिनु होला ।
    धनु

    धनुः– पूर्वान्ह प्रतिकुल देखिन्छ । स्वास्थ्यमा लगानी गर्नु पर्ने अवस्था आउन सक्छ । लेनदेन कारोवारमा विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न । अपरान्हबाट काममा सुधार आउनेछ । कार्य क्षमता बढ्नेछ ।
    मकर

    मकरः– नसोचेका ठाँउबाट धन आउन सक्छ । व्यापारबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । अपरान्हबाट भने समय प्रतिकुल हुनेछ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । खर्च बढ्नेछ ।
    कुम्भ

    कुम्भः– अधुरा रहेका काम धेरै सम्पन्न हुने छन् । बादविबादमा विजय प्राप्त हुने छ । तपाईको काम देखेर विरोधी पनि प्रभावित हुने छन् । एउटा कामको टुङ्गो लागे पछि आर्को काममा हात हाल्नु होला ।
    मीन

    मिनः–विचलित मन समालिने छ । काम देखिएका समस्या कम भएर जानेछन् । मध्यान्ह पछि समयले बढि नै साथ दिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

    सम्बन्धित खवर