मलेशियन नागरिकको कुटाईबाट धादिङको मर्कुस तामाङको मृत्यु

मलेशियन नागरिकको कुटाईबाट धादिङको मर्कुस तामाङको मृत्यु

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • मलेशियन नागरिकको कुटाईबाट धादिङको मर्कुस तामाङको मृत्यु

    काठमाडौं, १३ चैत्र । मलेशियन नागरिकको कुटाईबाट धादिङको ज्वालामुखि गाउँपालिका २ मैदी स्थायी घर भएका एक युवकको मृत्यु भएको छ ।

    ज्वालामुखि २ मैदी काफलपानीका मर्कुस तामाङको मृत्यु भएको हो । रोजगारीको शिलशिलामा ५ वर्षअघि मलेशिया गएका तामाङलाई मलेशियन नागरिकले शुक्रबार राती कुटपीट गरेका थिए ।

    कुटपीटपछि भाग्ने क्रममा तामाङ घाईते भएका थिए । घाइते तामाङलाई उपचारका लागि स्थानियबासीले एम्बुलेन्स मगाएका थिए ।

    उनको मलेशियास्थित कोलालाम्पुर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । source:diyopost

    सम्बन्धित खवर