गौलीकला हत्याको रहस्य खुल्यो, ट्राफिक प्रहरीसहित ३ पक्राउ

गौलीकला हत्याको रहस्य खुल्यो, ट्राफिक प्रहरीसहित ३ पक्राउ

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • गौलीकला हत्याको रहस्य खुल्यो, ट्राफिक प्रहरीसहित ३ पक्राउ

    चैत, सुर्खेत । एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको भोलिपल्ट ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

    जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् । तर परीक्षाको तयारीमा रहेकै बेला उनी मंगलबार डेरामा मृत भेटिइन ।

    लगत्तैको प्रहरी अनुसन्धानबाट रोकायाको हत्या भएको रहस्य खुलेको हो ।

    प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए ।

    प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

    पक्राउ परेकालाई अहिले केहीबेरपछि पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गर्दैछ ।

    कपिल शर्मालाई दशा लागेकै हो, नयाँ शोले पनि लोप्पा ख्वायो
    चर्चा एवं लोकप्रियताको उत्कर्षमा थिए, कपिल शर्मा । उनको ‘कपिल शर्मा शो’ यस्तो प्लेटर्फम थियो, जहाँ उभिन बलिउड स्टार्स समेत लालायित हुन्थे । फुर्सदमा बलिउडकर्मीले त्यही च्यानल दबाउँथे, जहाँ कपिल शर्मा हँसाइरहेका हुन्थे ।

    तर, उनमा मात चढ्यो । दम्भ बढ्यो । ‘मैलें जे पनि गर्दा हुन्छ’ भन्ने अहंकारले उनलाई मासेर छाड्यो ।

    आफ्नै सहकर्मी सुनिल ग्रोबरमाथि दुव्र्यवहार गरेपछि उनको लोकपि्रयता खुइलिँदै गयो । त्यति लोकपि्रय कार्यक्रम एकाएक बन्द हुन पुग्यो । त्यसबेला कपिल ‘हिरो’ पनि बन्दै थिए । दोस्रो फिल्म ‘फिरंगी’लाई उनले आफ्नो स्टेज शोसँगै अगाडि बढाइरहेका थिए । ‘द कपिल शर्मा शो’ अधोगतिमा लागेकै बेला उनको फिल्म हलमा चढ्यो । फिल्मको पि्रमियरमा समेत निम्तालु सहकर्मीहरू आइदिएनन् । फिल्म सुपर फ्लप भयो ।

    त्यसबीचमा उनी बिरामी परे । डिप्रेसनले गाँजेको हल्ला चल्यो । यस्ता उतार-चढाव झेल्दै उनी फेरि टेलिभिजन स्त्रिmनमा देखा परे । कार्यक्रम हो- फेमेली टाइम विथ कपिल शर्मा ।

    यसले कपिलको गुमेको लोकप्रियता फर्काउने अपेक्षा गरिएको थियो । तर, त्यस्तो छाँट देखिएन । ‘फेमेली टाइम विथ कपिल शर्मा’को पहिलो एपिशोडबाट दर्शक निराश भए ।

    जब कि यो शो पनि उनको त्यही टेलिभिजनबाट, त्यही समयमा प्रशारण गर्ने मेलोमेसो मिलाइएको छ, जुन समयमा द कपिल शर्मा आउने गथ्र्यो । तर, यो शोले गतिलो सुरुवात गरेन ।

    सुरु भयो ‘नाई नभन्नु ल ५’को सुटिङ, जोडिए दिलिप र केकी

    चलचित्र ‘नाई नभन्नु ल ५’को छायांकन सुरु गरिएको छ । झापाको विर्तामोडबाट चलचित्रको छायांकन सुरु गरिएको हो । झापा र इलामको रमणीय स्थानमा यो चलचित्र खिचिनेछ । पहिलो दिनमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का र अभिषेक नेपालले सट दिएका छन् ।

    कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत अभिषेक निर्देशक आचार्यको नजरमा परेपछि यो चलचित्रबाट डेब्यू गर्दैछन् । यस्तै, यो चलचित्रबाट बाल-कलाकार सेड्रिना शर्मालाई पनि लन्च गरिएको छ । यो चलचित्रमा उनी अर्का बाल-कलाकार अनुभव रेग्मीको जोडीको रुपमा देखिनेछिन् ।

    विर्तामोडमा ३ दिन, इलाममा २५ दिन र काठमाण्डौमा एक साता यो चलचित्र खिचिनेछ । निर्देशक आचार्यले चलचित्रको प्रस्तुतिमा आफूहरुले धेरै नै मिहिनेत गरेको बताएका छन् । यो चलचित्रमा प्रियंका कार्की, दिलिप रायमाझी, केकी अधिकारीको पनि मुख्य भूमिका छ । चलचित्र ‘नाई नभन्नुल ३’मा नै केकीलाई अभिनय गराउने सोच बनाएका निर्देशकले यसपटक बल्ल जुरेको बताए ।

    विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । भदौ ८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

    किम चीन पुगेको पुष्टि, सी जिनपिङलाई भेटे

    चैत, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गरेको खुलेको छ ।

    किम सुटुक्क चीन गएको अपुष्ट खबरहरु प्रकाशमा आइरहेका बेला चिनियाँ सरकारी समाचार सेवा सिन्ह्वा र उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले यसको पुष्टि गरेका हुन् ।

    सन् २०११ मा मुलुकको राज्यसत्ता सम्हालेयता कुनै पनि देशको भ्रमण नगरेका किम पहिलो पटक चीन पुगेका हुन् ।

    सिन्ह्वाले किम र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटघाट भएको उल्लेख गरेको छ ।

    उत्तर कोरियाको सरकारी समाचार सेवा केसीएनएले किमको चीन यात्रालाई ऐतिहासिक भएको विश्लेषण गरेको छ ।

    अमेरिकासँग वार्ताको तयारीमा रहेको उत्तर कोरियाले चिनियाँ राष्ट्रपतिलगायतका उच्च राजनीतिक नेतृत्वसँग गरेको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    अघिल्लो महिना दक्षिण कोरियाको प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन वार्ताको लागि तयार भएका थिए । यद्यपि, विश्लेषकहरुले उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्नुअघि किम चीन जानसक्ने अड्कल गरेका थिए । विश्लेषकहरुको उक्त अनुमान सही सावित भएको छ ।

    चीन उत्तर कोरियाको सबैभन्दा ठुलो सहयोगी मुलुक हो ।

    सिन्ह्वाका अनुसार, सी जिनपिङसँगको भेटका क्रममा किमले प्रमाणु शक्ति घटाउने प्रतिबद्धता जनाएका छन् । souce:nponlinekahar

    सम्बन्धित खवर