ना. ८ ख ७४१ नम्बरको सिमेन्ट बोकेको फुलडाला ट्रक विधुतको तार पन्छाउन खोज्दा दुर्घटना

ना. ८ ख ७४१ नम्बरको सिमेन्ट बोकेको फुलडाला ट्रक विधुतको तार पन्छाउन खोज्दा दुर्घटना

  • , 9.1K जनाले हेर्नुभयो
  • 9.1K
    SHARES

  • ना. ८ ख ७४१ नम्बरको सिमेन्ट बोकेको फुलडाला ट्रक विधुतको तार पन्छाउन खोज्दा दुर्घटना

    महेश सिंह महतो, शम्भु चौधरी लहान २९ फाल्गुन । सिरहाको लहान नगरपालिका ७ मा ना. ८ ख ७४१ नम्बरको सिमेन्ट बोकेको फुलडाला ट्रक विधुतको तार पन्छाउन खोज्दा दुर्घटना भएको छ । ट्रक मिर्चैयाको मारुती सिमेन्ट कारखानाबाट २ सय बोरा सिमेन्ट लोड गरी लहानको राजेश हार्डवेयरलाई पुरयाउन जाने क्रममा सो ट्रक नहरमा खसी दुर्घटना भएको हो । गाडी नहरमा पल्टिदा गाडीमा रहेका सिमेन्टका बोराहरु पानीमा भिजेर खराब भएको गाडी मालिक देवनाथ महताले बताएका छन । गाडी मालिक स्वंयम आफै चालकको रुपमा गाडी चलाईएको थियो । लहान नगरपालिकका ७ स्थित रहेको लिटिल स्टार बोडिंग स्कुलले जडान गरेको थ्री फेज विधुतिय तारलाई बचाउन खोज्दा सो दुर्घटना भएकको हो । लहान नगरपालिका भित्र जथाभावी विधुतिय तार अव्यवस्थित रुपमा रहेकोले नगरपालिका र नेपाल बिधुत प्राधिकरण शाखा लहानले त्यसमा चासो नदेखाईएको स्थानिय बासीहरुको गुनासो रहेको छ ।

    सम्बन्धित खवर