रामेछापमा भैँसीले जन्मायो ६ खुट्टे पाडो

रामेछापमा भैँसीले जन्मायो ६ खुट्टे पाडो

  • , 6.3K जनाले हेर्नुभयो
  • 6.3K
    SHARES

  • रामेछापमा भैँसीले जन्मायो ६ खुट्टे पाडो

    रामेछापमा एक किसानको भैँसीले ६ खुट्टे पाडो जन्माएको छ । मन्थली नगरपालिका वडा नं–४ सालुको गैराथोकका किसान वलकबहादुर आलेमगरले पालेको भैँसीले ६ खुट्टे पाडो जन्माएको हो । अहिले भैँसीले ६ खुट्टे पाडो जन्माएपछि हेर्न जाने हरुको घुइचो लागेको छ ।

    यसअघि भैसीले ६ वटा खुट्टा भएको बच्चा पाएको नदेखेका गाउँका किसानहरु पाडो हेर्न दैनिक घरमा आउने गरेका छन् ।

    उक्त पाडो अरु ४ खुट्टे पाडो जस्तै उभिने र सहजै भैसीको दुध खाने गरेको बताइएको छ ।

    किसान वलकवहादुरले भने ”अन्य सपाङ्ग पाडापाडी जस्तै ६ वटा खुट्टा भएपनि उभिने, हिड्ने र आमाको दुध सहजै खाने गर्दै आएको छ । ”

    सम्बन्धित खवर