पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना एक जना रूखमा अड्किए

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना एक जना रूखमा अड्किए

  • , 7.1K जनाले हेर्नुभयो
  • 7.1K
    SHARES

  • पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना एक जना रूखमा अड्किए

    कास्की । पोखरामा सोमबार पनि प्याराग्लाइडिङ दुर्घटनामा परेको छ। एकजनाको ज्यान जाने गरि भएको प्याराग्लाइडिङ दुर्घटनामा परेको भोलिपल्टै सोमबार पनि दुर्घटनामा परेको हो । आइतबार मात्रै भएको प्याराग्लाइडिङ दुर्घटनामा एक रोमानियाको नागरिकको मृत्यु भएको भोलिपल्टै सोमबार भएको दुर्घटनामा दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन्। माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य घाइते भएको बताइएको छ।

    घाइते दुबैको नाम खुलेको छैन। गम्भिर घाइते भएको एक विदेशी विद्युतको तारमा जेलिँदै भुइँमा खसेका थिए। हात जलेको अवस्थामा झरेका उनलाई गाउँलेले प्रहरीकोमा बुझाएका छन। कास्कीकै मादी गाउँपालिकाको छाचोकमा भएको अर्काे प्याराग्लाइडिङ दुर्घटनामा पाइलट घाइते भएका छन्।

    ६३ वर्षीय इलगिज यागुदिन भोगटेको रूखमा अड्किएका थिए । उनलाई स्थानीयले उद्धार गरिसकेका छन्।

    सम्बन्धित खवर