धरानबाट धनकुटातर्फ जाँदै गरेको बसको ब्रेकफेल भई बसको ढोकाबाट हाम फाल्दा १ जनाको मृत्यु

धरानबाट धनकुटातर्फ जाँदै गरेको बसको ब्रेकफेल भई बसको ढोकाबाट हाम फाल्दा १ जनाको मृत्यु

  • , 24.1K जनाले हेर्नुभयो
  • 24.1K
    SHARES

  • धरानबाट धनकुटातर्फ जाँदै गरेको बसको ब्रेकफेल भई बसको ढोकाबाट हाम फाल्दा १ जनाको मृत्यु

    धरान । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ कातिकेमा धरानबाट धनकुटातर्फ जाँदै गरेको बसको ब्रेकफेल भई बसको ढोकाबाट हाम फाल्दा १ जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत धरानबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ७१६९ नम्बरको बस ब्रेकफेल भई हुँदा बसमा सवार तत्काल पहिचान खुल्न नसकेको अन्दाजी बर्ष ६० को पुरुष यात्रु बसको ढोकाबाट हाम फालेका थिए ।

    बिहान पौने १२ बजे बसको ढोकाबाट हाम फालेर गम्भीर घाइते भई उपचारको लागि धरान स्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार अन्य ४ जना समेत घाइते भई धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ । बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

    सम्बन्धित खवर