गीत चाेरेकाे अभियाेगमा ‘कृ’ फिल्मका निर्माता प्रहरी नियन्त्रणमा, भुवन केसी पनि अनुसन्धानकाे दायरमा

गीत चाेरेकाे अभियाेगमा ‘कृ’ फिल्मका निर्माता प्रहरी नियन्त्रणमा, भुवन केसी पनि अनुसन्धानकाे दायरमा

  • , 4.5K जनाले हेर्नुभयो
  • 4.5K
    SHARES

  • गीत चाेरेकाे अभियाेगमा ‘कृ’ फिल्मका निर्माता प्रहरी नियन्त्रणमा, भुवन केसी पनि अनुसन्धानकाे दायरमा

    काठमाडौं, १३ चैत– अनमोल केसी अभिनित नेपाली चलचित्र ‘कु’का निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो फिल्मबाट गीत चोरी गरेको अभियोगमा प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो ।

    चलचित्र निर्माता तथा निर्देशक सम्भु प्रधानले आफूले निर्माण गरेको फिल्मको गीत बिनाअनुमपति ‘कृ’ फिल्ममा समावेश गरेको भन्दै फिल्मका निर्माताविरुद्ध उजुरी दिएका थिए ।

    प्रधानले २०४३ सालमा निर्माण गरेको ‘सम्झना’ चलचित्रको ‘उकालीमा अघि अघि’ बोलको गीत चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रधानले फिल्मका निर्माता भुवन केसी र सुवास गिरीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । तर भुवन केसीले भने आफू निर्माता नभएको बयान दिएका छन् ।
    चलचित्र विकाश बोर्डले समेत ‘कृ’ चलचित्रको निर्माता सुवास गिरी भएको पत्र पठाएपछि उनलाई नियन्त्रण लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्त प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन थापाले लोकान्तरलाई बताए ।

    ‘चलचित्र बिकास बोर्डले ‘कृ’ चलचित्रको निर्माता सुवास गिरी भएको भनेर पत्र पठाएको छ,’ डिएसपी थापाले लोकान्तरसँग भने, ‘उजुरी भुवन केसीविरुद्ध पनि दिइएको थियो । उनलाई बोलाएर हामीले बयान पनि लिएका छौं । यदि यसमा उनको पनि संलग्नता देखिए नियन्त्रणमा लिएर मुद्दा अगाडि बढाउँछौं ।’

    प्रहरीले गिरीविरुद्ध प्रतिलिपि अधिकार ऐन २०४९ अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ । ऐनको दफा २५ मा कुनै पनि रचयिता तथा प्रतिलिपि धनीको अनुमति बिपरित कुनै रचनाकाे पुनर्उत्पादन गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तो गरेमा १० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्मको कैद वा दुवै सजाय हुनसक्ने ऐनको दफा २७ मा उल्लेख छ ।

    यस्तो छ ‘सम्झना’ फिल्मको पुरानो गीत,

    सम्बन्धित खवर