करेन्टले हात त काट्यो तर हिम्मत र साहसले रुपाको भाग्य भने काटिएन

करेन्टले हात त काट्यो तर हिम्मत र साहसले रुपाको भाग्य भने काटिएन

  • , 8.3K जनाले हेर्नुभयो
  • 8.3K
    SHARES

  • करेन्टले हात त काट्यो तर हिम्मत र साहसले रुपाको भाग्य भने काटिएन

    काठमाडौं । शारिरीकरुपमा सबल भएका मानिसहरुको लागि समेत जीवन ज्यूँनको लागि हिम्मत, साहस र क्रियाशीला चाहिन्छ । हाँस उठ्दा दिल खोलेर हाँस्नको लागि दात चाहिन्छ,कठिन बाटाहरुलाई सहज बनाउन दुई खुट्टा संगै लोरोको साथ चाहिन्छ भने दुःख पर्दा आँखाबाट बग्ने आँशु पुछ्नको लागि सुकोमल हातको आवश्यकता पर्छ । तर यी सबै नभएको अवस्थामा जीवन कस्तो होला । सम्भव छ भन्ने प्रश्नले यहाँ ठाउँ पाउनु अस्वाभाविक होइन तर सम्भव बनाउनेहरुका लागि जहाँ जे पनि स म्भव जहाँ पनि हुन्छ नै ।

    यस्तै लेखिएको एउटा कथाकी पात्र हुन रुपा रौतार जस्ले असम्भवलाई सम्भव बनाएर सबैलाई जिउने हौसला दिएकी छिन् । एउटा दुर्घटना जस्ले उनीसंग भएका दुई हात सदाको लागि खोस्यो । कपिलवस्तुमा रहेको वालज्योति स्कुलमा पढ्दै गरेकी रुपाका बुबा वै देशिक रोजगारीका गएका थिए । २०६२ सालको भदौमा स्कुलबाट साथीको घरमा पुगेकी रुपा घरको माथिल्लो तल्लामा पुगेको कसैलाई पत्तो भएन । केही क्षणमा ठूलो आबाज आयो, माथि गएर हेर्दा उनै रुपा करेन्ट लागेर भुईमा लडिसकेकी थिइन ।लगत्तै उन लाई लुम्बिनी अञ्चल अस्पताल बुटवल लगियो ।

    त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाण्डौंको टिचिङ्ग हस्पिटलमा लगियो । तर त्यहाँ बच्चाको उपचार हुन्न भनेपछि रुपालाई कान्ति बाल अस्पतालमा राखियो । कान्तिमा राखेको ८ दिनका दिन उनको अप्रेसन भयो । उनको दुबै हात मा बढी असर परेको हुँदा हात नकाटे सम्म उपचार सम्भव देखिएन । विडम्बना उनका दुवै हात गुमे । तर ६ वर्षको उमेरमा भएको दुर्घटनाले गर्दा उनलाई जीवनभरको हिम्मतवान भएर ज्यूँन सिकायो । सानोे उमेरमा आफ्नो दुवै हात गुमाएकी रुपालाई त्यति खेरको घटनाहरु राम्रोसंग स्मरण सम्म पछि छैन ।

    उनी आफ्ना दुवै हात भएका तस्वीरको स्पर्श गर्न समेत दुई खुट्टाको सहयोग लिन्छिन् ।जीवनका हरेक अवरोध हटाउनको सानै उमेरमा दुवै हात गुमाउन पुगेकी रुपा रौतार अहिले १६ वर्ष भईसकेकी छन् । उनी हाल बुटवल खुख्खानगरको दीप बोर्डिङमा कक्षा ८ मा अध्ययनरत छिन् । २०५८ सालमा कपिलवस्तुको वाणगँगा स्थित धनकौलीमा जन्मिएकी रुपा रौतार निकै मेहनती र बहुप्र्रतिभाशाली मात्र नभइ हिम्मतले भरिएकी छिन् । सामान्य परिवारमा जन्मिएकी रुपाले विगत चार बर्षदेखि निरन्तर रुपमा बुटवलको बागेश्वरी संगीतालयमा संगीत सिक्दै आइरहेकी छिन ।

    उनका हाल २ वटा एल्वम समेत सार्वजनिक भइसकेको छ ।सामान्य परिवारमा जन्मिएकी रुपाको दुवै हात गुमेपछि रुपालाई दैनिक जीवन चलाउनको लागि सहज होस भनेर कपिलवस्तुको गाँउबाट बुटवल स¥यो । लामो समय देखि वैैदेशिक रोजगारीमा रहेका रु पाका बुबा पनि नेपालमा नै फर्किए । रुपा पनि आफ्नो दैनिकी सहज बनाउने प्रयासमा लागिन् ।निकै मेहनती र लगनशील भए पनि शिक्षामा असहजता आउछ कि भन्ने परिवारको शंका थियो तर आँट, हिम्मत र दृढ ईच्छा शक्तिको अगाडि दैवले समेत हारे रुपा भन्छिन् ।

    उनी कुनै तालिम बिना नै खुट्टाले लेख्ने बानी बसाउन थालिन् । विद्यालयमा उनको पढाई मध्यम छ । शिक्षा संगसंगै उनको अर्को ईच्छा राखिन् संगीतमा जम्ने । उनको संतीत संगसंगै खुट्टाले नै लेखेर डिग्री गर्ने सपना पनि पालेकी छिन् । मिठो स्वरकी धनी उनको पहिलेको र अहिलेको जीवन शैली नै फरक छ । सुरु सुरुमा कतै जानु पर्दा उनलाई अरु कसैको सहारा चाहिन्थ्यो तर अहिले त्यस्तो छैन । उनी एक्लै संगीत सिक्न जान्छिन, स्कुल बस चढेर विद्यालय पुग्छिन । दीप बोर्डिङको कक्षा ८ मा पढ्दै आएकी रुपाको कक्षामा छुट्टै डेस्क, बेञ्च सहित बस्ने ठाउँ छ ।

    खुट्टालेनै लेख्ने भएपनि उनको पढाई राम्रो छ । रुपाले आफ्ना दैनिक कार्य सहजै खुट्टाले गर्ने । खाना खाने देखि मोवाइल समेत खुट्टाले नै चलाउछिन । उनी भन्छिन – धेरै मेहनत गर्दै भविष्यमा राम्रो गायिका बन्ने लक्ष्य छ । विद्यालयमा साथीभाईहरुले सक्दो सह योग गर्छन् । शिक्षकरुले त सधै हौसला दिने गर्नुहुन्छ उनी भन्छिन् ।रुपाका दुवै हात गुमेपछि पहिले पढ्दै आएको विद्यालयले उनलाई पढाउन मानेन । हात गुमाएकै कारण आफुले पढ्दै आएको विद्यालय, संगैको सहपाठी छोड्नु पर्ने बाध्यता उनको अगाडि आए को थियो ।

    कपिलवस्तुको होराइजन बोर्डिङले पढाउने भएपछि उनको पढाई त्यही सुरु भयो । पहिले कलम छोप्ने उनका हात थिएनन् जसका कारण रुपाले खुट्टालेनै लेख्न थालिन । होराइजनमै पढ्दै गर्दा त्यही अध्यापन गराउने शिक्षिका विष्णुमाया श्रेष्ठले रुपाको गीत गाउन सक्ने क्षमता पत्ता लगाइन । श्रेष्ठले रुपालाई बुटवल ल्याइन । बुटवलमा रहेको बागेश्वरी संगीतालयमा रुपाले निशुल्क संगीत सिक्न थालिन भने बुटवलकै दीप बोडिङमा आफ्नो अध्ययनलाई निरन्तरता दिन थालिन ।दीप बोर्डिङले उनलाई अहिले पनि निशुल्क पढाउदै आइरहेको छ ।

    दुवै हात गुमेपछि खुट्टाले लेख्दै आइरहेकी रुपाको पढाई पनि राम्रो भइरहेको छ । बागेश्वरीबाटै औपचारिकरुपमा सांगीतिक यात्रा सुरुवात भए संगै रुपाको परिवार बुटवल सर्यो । संगीतमा निकै रुची र लगाव राख्ने रुपाको २ वटा एल्बम बजारमा आएको छ ।रुपा भन्छिन – मलाई सधै हौसला प्रदान गर्ने मेरो परिवार, मलाई सांगीतिक बाटो देखाउने विष्णु म्याडम, निशुल्क रुपमा संगीत सिकाउने संगीत गुरु शुरेस सेञ्चुरी , अध्धयनमा सहयोग गर्ने दीप बोडिङ अनि संगीतलाई अगाडि बढाउन हौसला र सहयोग गर्ने विकास अग्रवाल सर तथा मलाई सहयोग गर्ने सम्पूर्णलाई धेरै धरै धन्यबाद दिन्छु ।

    सम्बन्धित खवर