१३ हजार डलरमा इराकमा बेचीइन् नेपाली चेली, चेलीद्वारा सहयाेगकाे अपिल (भिडियाे सहित)

१३ हजार डलरमा इराकमा बेचीइन् नेपाली चेली, चेलीद्वारा सहयाेगकाे अपिल (भिडियाे सहित)

  • , 6.3K जनाले हेर्नुभयो
  • 6.3K
    SHARES

  • १३ हजार डलरमा इराकमा बेचीइन् नेपाली चेली, चेलीद्वारा सहयाेगकाे अपिल (भिडियाे सहित)

    दोहा । सिन्धुपाल्चोककी निसा तामाङले इराकबाट आफुलाई उद्दार गर्न अपिल गरेकी छिन् । प्राप्त भिडियो अनुसार निसाले आफुलाई दलालहरुले तुर्किस्तान भनेर इराकमा १३ हजार डलरमा बेचेको जनाएकी छन् । सिन्धुपाल्चोकका निकेंद्र तामाङ र सोलुखुम्बुका छिरिङ शेर्पाले १० महिना अगाडी उनलाई भारत हुँदै इराक पुर्याएको भिडियोमा बताएकी छिन् ।

    हाल एक घरमा बन्दक बनाएर सुरक्षा घेरा भित्र राखिएकोले बाहिर निस्कन सक्ने अवस्था नभएको उनले जनाएकी छिन् । सेक्युरिटी गार्ड सहित घरको २ वटा गेटमा चापी लगाएर बन्दक बनाइएको छ उनले भनिन् ” दैनिक ५ र ६ घण्टा पनि आराम गर्ने समय छैन, कहिले त २४ सै घण्टा काम गर्नुपर्छ।” विरामी भएर काम गर्न नसक्ने अवस्था हुँदा समेत दैनिक काममा खटिनुपरेको उनले बताएकी छिन् ।

    १३ हजार डलरमा इराकमा बेचीइन् नेपाली चेली, चेलीद्वारा सहयाेगकाे अपिल

    १३ हजार डलरमा इराकमा बेचीइन् नेपाली चेली, चेलीद्वारा सहयाेगकाे अपिल

    Pubblicato da Purbeli su Sabato 26 gennaio 2019

    सम्बन्धित खवर