मोरङको सिघिंयाखोलामा एक बालिकाको शव भेटियो

मोरङको सिघिंयाखोलामा एक बालिकाको शव भेटियो

  • , 7.2K जनाले हेर्नुभयो
  • 7.2K
    SHARES

  • मोरङको  सिघिंयाखोलामा एक बालिकाको शव भेटियो

    लहान १३ माघ । मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा एक बालिकाको शव भेटिएको छ । आइतबार दिउँसो स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खोला नजिकै बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् ।  शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै सुतिरहेकी थिइन् । बुबा रामप्रसाद दासका अनुसार टीभी हेरेर घर फर्किदा छोरी घरमा थिइनन् । साथीको घरमा गएको अनुमानमा परिवारका सदस्यले बेलुका खोजी नगरी सुतेका थिए ।

    आइतबार विहान बुबा रामप्रसाद जिल्ला प्रहरी कार्यालयामा छोरी खोजी गरिदिन भन्दै पुगेका थिए । त्यसको केही बेरमा प्रहरीले पानीमा डुबेको अवस्थामा नग्न अवस्थामा शव भेटेको हो । शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । source:fulbarisandesh.com

    सम्बन्धित खवर