रेडियोग्राफी सम्बन्धी पढाइ पढेको डाक्टर नभएकोले लहानमा एक शिशुको मृत्यु

रेडियोग्राफी सम्बन्धी पढाइ पढेको डाक्टर नभएकोले लहानमा एक शिशुको मृत्यु

  • , 7.2K जनाले हेर्नुभयो
  • 7.2K
    SHARES

  • रेडियोग्राफी सम्बन्धी पढाइ पढेको डाक्टर नभएकोले लहानमा एक शिशुको मृत्यु

    लहान १३ माघ । सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ७ कि मनीषा यादवलाई तल्लो पेट दुख्ने व्यथाले च्यापेपछि परिवारले रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगे । मनीषा यादव पहिलो पटक आमा बन्दै थिइन् । गाउँमै अस्पताल भए पनि उनी रामकुमार उमाप्रसाद स्मारक अस्पताल जाँचका लागि आउँथिन् । तल्लो पेट दुखेपछि बुधवार पनि  उनलाई रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगियो । करिब ११ बजे उनलाई अस्पतालमा कार्यरत डा सुशीला सिंहले अस्पतालसँगै खोलेको श्रेया पोलिक्लिनिक जान भनिन् । ” त्यहाँ हिँडनुस जाँच यन्त्र त्यहाँ छ , राम्रोसँग जाँची दिन्छु भन्नुभयो ।” मनिषाले सुनाइन् । मनीषालाई लिएर गएकी उनकी दिदी रेखा यादवका अनुसार श्रेया पोलिक्लिनिकमा डा. सुशीला सिंहले भिडियो  एक्सरे गरेर बच्चाको अवस्था ठिक छ भनिन् ।

    अस्पतालकै ओपिडी पुर्जामा उनले आफ्नो निजी क्लिनिकमा औषधि लेखिदिइन । ९ सय २० रुपैयाँको औषधि र ६ सय रुपैयाँको भिडियो एक्सरे खर्च बुझाएर डा।सुशीला सिंहको सल्लाहअनुसार हामी घर फर्कियौ , रेखा यादवले भनिन् , औषधि खाँदा पनि पेट दुखाइ कम नभएपछि भोलिपल्ट अस्पताल गयौँ र मनीषालाई भर्ना गर्‍यौ । तर उपचारमा हेल्चक्रायाइँ भयो, डाक्टरले फर्केर हेरेनन् । नर्सले मनीषालाई प्रसूति कक्षमा लगेको केही बेरमै पेटभित्रै बच्चा मरिसकेको सुनाएको रेखाले बताइन् । एक दिनअगाडि जाँच गराएर घर फर्केकी थिए , मनिषाले भनिन्, “भोलिपल्ट मरेको बच्चा जन्मिएको विश्वासै लागेन। ” डाक्टरको लापरबाहीका कारण आफ्नो सन्तान खेर गएको उनको गुनासो छ । डाक्टरको हेलचक्रयाइँले झन्डै पत्नी पनि गुमाउनुपरेको मनीषाका पति वीरेन्द्र यादवले बताए । “राम्रो उपचारको आस गरेर अस्पताल पुगेको थिएँ ,ज्यानै लिन खोजे । यो अस्पताल सेवा केन्द्र भन्दा पनि व्यापारी स्थल हो , जहाँ मानिसको ज्यानको व्यापार हुँदो रहेछ ” उनले भने , अहिले डा सुशीला सम्पर्कमा नै आउन चाहँदिनन् ।

    उनका पति र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल कुशवाहाले डाक्टरको लापरबाही वा हेलचक्रायाइँले नवजात शिशुको मृत्यु भएको दाबी गरे । मानिसको ज्यानको ग्यारेन्टी हामीले लिँदैनौ, उनले भने श्रेया पोलिक्लिनिकमा भिडियो एक्सरे भएको हो, औषधि पनि खरिद गरेको होला । सुशीला सिंहले श्रेया पोलिक्लिनिकमा भिडियो एक्सरे गर्नु हुन्छ, सरकारीमा उहाँले गर्न मिल्दैन । भिडियो एक्सरे गर्न सोनोग्राफी वा रेडियोग्राफी सम्बन्धी पढाइ गरेको हुनुपर्छ । तर, डा सुशीलाको पढाइ यससम्बन्धी नभएकोले उनले अस्पतालमा भिडियो एक्सरे नगर्ने तर आफ्नो क्लिनिकमा गर्ने डा सुनिल कुशवाहाले बताए ।

    सम्बन्धित खवर