लागूऔषध ट्याबलेट र इन्जेक्सनसहित वीरगञ्जबाट दुईजना युवक पक्राउ

लागूऔषध ट्याबलेट र इन्जेक्सनसहित वीरगञ्जबाट दुईजना युवक पक्राउ

  • , 22.1K जनाले हेर्नुभयो
  • 22.1K
    SHARES

  • लागूऔषध ट्याबलेट र इन्जेक्सनसहित वीरगञ्जबाट दुईजना युवक पक्राउ

    लहान २५ पुस । प्रहरीले वीरगञ्जबाट लागूऔषध ट्याबलेट र इन्जेक्सनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिक-११, बस्ने २८ वर्षीय इजाहिर हवारी र मोरङ बेलवारी नगरपालिका-४ बस्ने २५ वर्षीय बिष्णु श्रेष्ठ रहेका छन् । वीरगञ्ज महानगरपालिका-८ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगञ्जतर्फ साइकलमा आउँदै हवारीको साथबाट लागूऔषध नाइट्राभेट ट्याबलेट ७४७ थान फेला परेको थियो ।

    लागूऔषध र साइकलसहित हवारीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१६, स्थित मुल भंसार गेटबाट श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । दक्षिण रक्सौलबाट उत्तर वीरगञ्जतर्फ पैदल आउँदै गरेका बिष्णु श्रेष्ठको साथबाट लागूऔषध इन्जेक्सन डाइजेल्याब ११ एम्पुल, फेनार्गन १० एम्पुल र नूफिर्न ८ एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । हवारी र श्रेष्ठ दुवै जना विरुद्ध लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।source:fulbari.com

    सम्बन्धित खवर