फो ल्होसार २०७५ सम्पूर्ण तयारी पुरा

फो ल्होसार २०७५ सम्पूर्ण तयारी पुरा

  • , 16.1K जनाले हेर्नुभयो
  • 16.1K
    SHARES

  • फो ल्होसार २०७५ सम्पूर्ण तयारी पुरा

    हुम बहादु चाक्ली तमु,

    पोखरा
    स्याङ्गजा विरुवा गाउँपालिका वडा नं– २ गाबु डाँडामा फो ल्होसार २०७५ बृहत रुपमा मनाउने भएको छ । १२ ओटा ल्हो मध्ये एउटा ल्होलाई विदाई गरि अर्काे ल्होलाई स्वागत गरि मनाउने ल्होसारमा यस वर्ष खि ल्हो लाई विदाई गरि फो ल्होलाई स्वागत गरेर तमुहरुले मनाउदै छ ।
    ल्हो भनेको विभिन्न १२ वटा जीवहरुको नाम हो । सार भनेको एक वर्गबाट अर्काे बर्गमा फेर्ने नयाँ दिन हो । ल्होसार भनेको एक वर्गबाट अर्काे बर्गमा पौष १५ गतेका दिन सर्ने भएकोले यहि दिनलाई ल्होसारको दिन मानिआएको छ । च्यु (मुसा) ल्होबाट शुरु भई फो ल्हो(मृग) ल्होमा आइपुग्दा १२ लहो पुरा हुन्छ । १२ ल्हो पुगेपछि एक ल्होसार भन्दछन् । अर्काे सुर्य उत्तर दिशाबाट दक्षिणको सीमानामा पुगी उत्तर दिशातिर नै फर्केको दिनलाई ङिएव (ल्हो तोव बर्ग फर्कने सर्ने) भनिन्छ । यहि दिनलाई आधार मानि तमुहरुले आफ्नो वर्ग (ल्हो)फेर्ने दिन मानि आएको छ र ल्हो सार्ने (वर्ग फेर्ने) बैज्ञानिक आधारको रुपमा पनि मानिएको छ ।
    यहि दिनमा गाबु डाँडा तमु समाजले आफ्नो सम्पूर्ण चेलिबेटिहरु र सम्पूर्ण गाउँलेहरु एकै ठाउमा भेला भएर जाने बर्गलाई विदाई ता आउने वर्गलाई स्वागत गरि एउटै चुल्होमा खाना बनाएर खाई रमाइलो गर्ने प्रचलन रहेको छ ।
    विगतको वर्षहरुमा विभिन्न खेलकुदका गतिविधि, सांगितक कार्यक्रमहरु मेला, महोत्सवको रुपमा मनाउदै आएकोमा यस वर्ष भने छुट्टै गाबु गाउँलाई विश्वसामु चिनाउने उद्देश्येले पर्यटनप्रवर्दनका लागि गाबु झाङडी गाउँको चिनारी म्युजिक भिडियो विमोचन गरि क्लबको २४ औं बार्षिकोत्स तथा तमु समाजको स्यो कै कार्यक्रम गरि भव्य रुपमा मनाउने सम्पूर्ण तयारी पुरा भैसकेको जानकारी दिनुभएको छ ।
    उक्त कार्यक्रममा गाबु गाउँको आफान्ताहरु, गाउँबाहिर बस्नुहुने तथा चेलिबेटीहरु सम्पूर्ण जानकारी गराइरहेको छ । कुनै कारणबस सम्पर्क हुन नसकेको खण्डमा यसै सुचनालाई आधार मानि सम्पूर्ण गाबु गाउँका आफान्तजनहरु, क्लबका भू.पू चेलिबेटीहरु, विभिन्न ठाउँमा बसाई सरी जानुभएका सम्पूर्णलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रुपमा सु–सम्पन्न गर्नका लागि क्लब अध्यक्ष हुम बहादु चाक्ली तमु, कार्यक्रम संयोजक थमन तमु समाज अध्यक्ष खड्क बहादुर गुरुङ्ग ज्यूले अनुरोध गरिएको छ ।

    सम्बन्धित खवर