बृहत तमु फो ल्होसार महोत्सव २०७५ को सम्पूर्ण तयारी पुरा

बृहत तमु फो ल्होसार महोत्सव २०७५ को सम्पूर्ण तयारी पुरा

  • , 8.2K जनाले हेर्नुभयो
  • 8.2K
    SHARES

  • बृहत तमु फो ल्होसार महोत्सव २०७५ को सम्पूर्ण तयारी पुरा

    हुम बहादुर चाक्ली तमु ,

    पोखरा,
    तमु फो ल्होसार २०७५ मा देशव्यापी रुपमा नै एकै थलोमा बृहत रुपमा रमाउने एउटा माहोल सृजन गर्न तमु प्ये ल्हु संघले तमुको महान चाड ल्होसार मनाउने र यो जातिको मौलिक संस्कार संस्कृतिलाई व्यापक प्रचार प्रसार गर्ने जमर्काेका साथ यो साहासी कदम चाली यो कार्यक्रम आयोजना गरेको हो ।
    सामाजिक, साँस्कृतिक, आर्थक, पर्यटकीय विकासको प्रवद्र्धन गरी सवै जातजाति र धर्म संस्कृतिप्रति सद्भावपूर्ण बातावरण सृजना गर्न र सहिष्णुता कायम राखी तमु ल्होसार पर्वलाई राष्ट्रिय वर्पको रुपमा मनाउन र तमु जातिको मौलिक धर्म, शास्त्र, संस्कार, संस्कृति (प्ये ताँ लहु ताँ)को संरक्षण, संबर्दन तथा प्रबद्र्धन गर्दै व्यापक प्रचार प्रसार गरी खेगी प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने उद्देश्यका साथ यही पौष १२ गते देखी १६ गते सम्मा पोखराको अमरसिंह चौरमा आयोजन गरिएको बृहत तमु फो ल्होसार महोत्सव २०७५ का सम्पूर्ण तयारी पुरा भएको छ । महोल्सवलाई भव्य र सभ्य रुपमा सु–सम्पन्न गर्नका लागि देशका विभिन्न जिल्लाहरुबाट संघमा आबद्ध सदस्यहरु उपस्थित हुनेछ । उक्त कार्यक्रमका लागि बुधबार ११ बजे साझ सम्ममा विभिन्न ठाउबाट करिब २००० जना सदस्यहरुको उपस्थिति भैसकेको, बाँकी पुर्वमा ताप्लेजुङ्ग देखी पश्चिम रोल्पा र विभिन्न जिल्लाका सम्पूर्ण सदस्यहरु आउने क्रम जारी रहेको र भोली विहान ८ बजे भित्रमा उपस्थित हुनसक्ने जानकारी गरिएको छ । उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण सदस्यहरुलाई केन्द्रिय कार्यलयमा खानाको व्यवस्था गरिएको र पोखरामा रहेको सम्पूर्ण तमु समाजहरुमा आबासको व्यवस्था गरिएको जानकारी “बृहत तमु फो ल्होसार महोत्सव २०७५” का स्वयमसेवक तथा खेलकुद संयोजक, युवा समितिका अध्यक्ष, केन्द्रिय कार्यलय सचिव श्री शुक्रराज गुरुङ्ग ज्युले गराउनुभएको छ ।

    सम्बन्धित खवर