शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना : अहिलेसम्म ३ जना को मृत्यु

शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना : अहिलेसम्म ३ जना को मृत्यु

  • , 9.3K जनाले हेर्नुभयो
  • 9.3K
    SHARES

  • शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना : अहिलेसम्म ३ जना को मृत्यु

    दाङमा बस दुर्घटा हुँदा तीनजनाको मृत्यु भएको छ। तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीले राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको र तीन जनाको शव भेटिएको बताए।

    उनका अनुसार चार जनाको उद्धार गरी उपचारका लगाई पठाइएको छ। अहिले दाङ र सल्यानको प्रहरी, स्थानीय उद्धारमा खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बस सल्यानको बस दुर्घटनामा परेको हो।

    कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीको भनाइ छ।

    सम्बन्धित खवर