मातृभाषा तथा प्राविधिक शिक्षको लागि माहायज्ञ

मातृभाषा तथा प्राविधिक शिक्षको लागि माहायज्ञ

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • मातृभाषा तथा प्राविधिक शिक्षको लागि माहायज्ञ

    हुम बहादुर गुरुङ्ग,
    स्याङ्गजाको विरुवा गाउँपालिका वडा नं–२, जामुने डाँडामा रहेको श्री जामुने डाँडा माध्यमिक विद्यालयले मातृभाषा शिक्षा तथा प्राविधिक शिक्षा सञ्चालनको निमित्त २०७५ माघ ३ गते देखी ११ गते सम्म माहायज्ञ सञ्चालन गर्ने निणय हिजो बसेको व्यवस्थापक समिति र अविभावक विचको भेलाले पारित गरेको छ ।
    जसमा विद्यालय व्यवस्थापक समितिको अध्यक्ष श्री तिल बहादुर गुरुङ्गको अध्यक्षतामा १०५ जना सदस्य मुल आयोजक समिति रहने छ । जसमा हेडक्वाटरमा ७ जना रहने गरि श्री तिल बहादुर गुरुङ्ग, श्री बुद्ध बहादुर आले, श्री रामचन्द्र शर्म, श्री थमन गुरुङ्ग, श्री तिल कुमारी सार्की, श्री हेम बहादुर थापा, श्री तुलराम गुरुङ्ग रहेकोछ ।
    भने सचिवालय भित्र हेडक्वाटर टिममा सवै रहने गरी अरु थप १५ देखि २० सम्म रहने छ ।
    त्यस्तै उप–समितिहरुमा
    आर्थिक संयोजक ः– श्री गोविन्द थापा, मेष व्यवस्थापन संयोजक ः– श्री खड्क बहादुर गुरुङ्ग, प्रचार प्रसार संयोजक ः– श्री सागर थापा, स्वयमसेवक संयोजक ः– प्रकाश थापा (किरण), यातायात व्यवस्थापन संयोजकः– श्री टोप बहादुर थापा (सुन्दर), स्वास्थ्य उपचार संयोजक ः– श्री ओमन सिंह थापा, अतिथि स्वागत ः– श्री देवि माया थापा रहेको छ, भने प्रमुख प्रबचकमा ः– श्री दिपक पौडेल रहनेछ ।
    समाचार साभार ः थमन गुरुङ्ग र सागर थापा

    सम्बन्धित खवर