सम्झना भण्डारी र नबिन पौडेलको देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’ बजारमा(भिडियो सहित)

सम्झना भण्डारी र नबिन पौडेलको देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’ बजारमा(भिडियो सहित)

  • , 13K जनाले हेर्नुभयो
  • 13K
    SHARES

  • सम्झना भण्डारी र नबिन पौडेलको देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’ बजारमा(भिडियो सहित)

    नेपाली सन्देस अनलार्इन मिडिया पाेखरा

    लोक तथा दोहोरी गायक नवीन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’ सार्बजनिक भएको छ ।सुदूरपश्चिम प्रदेशलाइ चिनाऊन खोजिएको अनि सुदूरपश्चिम प्रदेशको मौलिकता झल्काउन खोजिएको एस गीतको बिमोचन धनगढीमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गरेकी थिइन् ।

    एल्वम विमोचन कार्यक्रममा गायक पौडेलले देउडा गीतमार्फत् सुदूरपश्चिम प्रदेशका कला, संकृति र पर्यटनलाई विश्वभर चिनाउने अभियान थालेको बताए। ‘सुदूरपश्चिममा गायिने र गुनगुनाइने गीतलाई मैले बजारमा ल्याएको हुँ’ गायक पौडेलले भने।

    दिग्गज धौरालीको शब्दमा बनेको एस गीतमा लय नबिन पौडेलको रहेको छ ।पृथ्वी इन्टरटेन्मेन्टमार्फत् बजारमा ल्याइएको गीतमा स्वर नवीन पौडेल र सम्झना भण्डारीको छ भने अभिनयमा पनि नवीन पौडेल र सम्झना भण्डारीलाइ देख्न सकिन्छ ।सम्झना भण्डारी पछिल्लो समयमा गायन संगसंगै अभिनयमा पनि जम्दै आइरहेकी छिन् । बहुचर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको एस गीतको छायांकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन विष्णु शर्माले गरेका छन्।

    सम्बन्धित खवर