ललितपुरको भैसेपार्टीमा घरेलु कामदार युवतीको रहस्यमय मृत्यु

ललितपुरको भैसेपार्टीमा घरेलु कामदार युवतीको रहस्यमय मृत्यु

  • , 2.8K जनाले हेर्नुभयो
  • 2.8K
    SHARES

  • ललितपुरको भैसेपार्टीमा घरेलु कामदार युवतीको रहस्यमय मृत्यु

    काठमाडौं । पछिल्लो समय घरेलु कामदारहरुको रहस्यमय मृत्यु हुने क्रम देशभर बढेको छ । यसैक्रममा ललितपुरको भैसेपाटीमा एक १७ बर्षीया यूवतीको सोमबार शंकास्पद मृत्यु भएको छ ।

    भैसेपाटीस्थित डाक्टर विजयकुमार जैसवालको घरमा घरेलु कामदाररुपमा रहेकी १७ वर्षीया प्रियंका यादवको मृत्युलाई स्थानीयवासीले रहस्यमय मान्दै छानविनको माग गरेका छन् ।

    ललितपुर प्रहरी प्रभाग भैसेपाटी भन्दा झण्डै ५०० मिटर दुरीमा रहेको जैसवालको घरमा यूवती यादब झुण्डिएको अवस्थामा भेटिएको ललितपुर प्रहरी परिसरले जनाएको छ । स्थानीयका अनुसार यूवतीको शवको अवस्था हेर्दा हत्या हुन सक्ने दाबी गरेको छ । मृत्यू शंकास्पद देखिएसंगै स्थानीयहरुले डाक्टर बिजय जेस्वालको घर घेरा हालेका थिए ।

    रातको समयमा शव उठाउन नदिने भन्दै स्थानीयले मृत्यु शंकास्पद भएको र दिनको उज्यालोमा जाँच हुनु पर्ने माग गरेका थिए । विहान ५ वजे नै झुण्डिएको अवस्थामा देखिएको शव दिनभरी प्रहरीले नउठाएसंगै साँझ ७ वजे पछि प्रहरी आएर डाक्टर विजयको घरको विद्युतको मेन स्विच अफ गरेर शव लैजाने प्रयास गरेपछि स्थानीयहरुले प्रतिकार गरेका थिए । जबर्जस्ती शव लान खोज्दा स्थानीयले ढुङगा मुढा गरेपछि प्रहरीको लाठीचार्जमा १५ जना भन्दा धेरै घाइते भएका छन् ।

    यता प्रहरीले भने प्रहरीबाट कुनै किसिमको बल प्रयोग नभएको बताएको छ । प्रहरीले यादवको हत्या नभई आत्महत्या भएको जिकिर गर्दै अनुसन्धान भने जारी रहेको बताएको छ ।

    शव हेर्नेहरुले मृतक प्रियंकाको अनुहारमा कोपरिएको र कपाल छरिएको अवस्थामा रहेको बताएका छन् ।
    news24nepal.tv

    सम्बन्धित खवर